Comments Add Comment

बेलुकी ७ बजेपछि नखानुस् यी खानेकुरा

fast food_eatingबेलुकीको खाना कतिबजे खाने भन्ने कुराको कुनै मापदण्ड छैन । तर रात अबेर खाना खानुभन्दा बेलुकी सबेरै खाना खाइवरि सुत्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ।

यद्यपि महत्वपूर्ण कुरा चाहीँ कतिबजे खाइयो भन्दा पनि के चिज खाइयो भन्ने हो । विज्ञहरुले बेलुकीको ७ बजे डिनर खाइसक्नु राम्रो हुने बताउँछन् ।

शरीरको वजन नियन्त्रण गर्न चाहने मानिसहरुले बेलुकी ७ बजेपछि खानेकुरा नखाँदा राम्रो हुन्छ । यदि बेलुकी सात बजेसम्ममा तपाइँले उक्त दिन ३ पटक खाइसक्नुभएको छ भने ७ बजेपछि नखाँदा नै क्यालोरी पर्याप्त भएको हुन्छ । राति अबेर पनि खानु भनेको मोटोपना बढाउनु हो । अझ यस्ता केही खानेकुराहरु छन् जो रातिको समयमा भुलेर पनि नखानु नै उत्तम हुन्छ ।

रातको समयमा खानापछि क्रिमयुक्त केक, रसवरी, जेरी जस्ता उच्च क्यालोरीयुक्त खानेकुरा नखानुस् । टेलिभिजन हेर्दै यस्ता खानेकुराहरु खाइरहने भुल गर्दै नगर्नुस् ।

रातमा आलु, आलुचिप्स जस्ता खानेकुरा नखानुस् । यसमा उच्च मात्रामा क्यालोरी, चिल्लो तथा सोडियम लवण पाइन्छ ।

रातमा टन्न भात खाएर सुत्नु भनेको भुँडी बढाउनु हो । त्यसैले बेलुकीको भोजनमा हल्का रोटी समावेश गर्नुपर्छ ।

उच्च फाइबर तथा कार्बोहाइड्रेटयुक्त खानेकुराहरु पनि रातको समयमा नखानु उपयुक्त हुन्छ । यस्ता खानेकुरा बिहानको समयमा खाएमा दिनभरीको परिश्रमले राम्रोसँग पच्न पाउँछन् ।

स्वास्थ्यमा खासै राम्रो प्रभाव नपार्ने र उल्टै पाचन प्रणालीमा असर पार्ने र वजन बढाउने खालका खानेकुरा रातमा नखानुस् । यस्ता खानेकुरा खाँदा उल्टै पेट र निद्रामा समस्या पैदा हुन्छ ।

रातको समयमा पास्ता खानु भनेको भुँडी बढाउनु सिवाय केही होइन ।

रातको समयमा उच्च क्याफाइनयुक्त चकलेट, चिया तथा कफी बढि पिउनाले निद्रा बिथोलिने र सरीरमा अधिक क्यालोरी आपूर्ति भई मोटोपनाको जोखिम हुन्छ ।

फलफूलमा समेत चिनीको मात्रा उच्च हुने भएकाले रातको समयमा खानु उपयुक्त मानिँदैन ।
अम्लीय तत्व भएका फलफूल तथा जुस रातमा पिउनु पनि पाचन क्रियाको दृष्टिले उपयुक्त मानिँदैन ।
रातमा सुतिसकेपछि शारीरिक गतिविधि शुन्य प्रायः हुने भएकाले राति सुत्नु अगाडि काजु, बदाम जस्ता नट्सहरु खानु राम्रो मानिँदैन । यसले ती खानेकुराहरु पच्न गाह्रो हुने र निद्रा बिथोलिने सम्भावना हुन्छ ।

राति अबेर रक्सी पिउनु पनि स्वास्थ्यको दृष्टिले हानिकारक मानिन्छ ।

चिल्लो तथा पिरो खानेकुराहरु रातमा खानाले पनि सरीरको तापक्रम र निद्रामा गडबडी आउँछ ।

रातमा रेड मिट, धेरै कुखुराको मासु वा अन्य मासु धेरै मात्रामा खानो पनि निद्रा बिथोलिने र पाचन क्रियामा समस्या आउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment