Comments Add Comment

ओलीजी, बढी टाठो भएर अड्काउने काम नगर्नुस्ः पौडेल

ramchandra paudel

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेशवादी दलहरुमाथि संविधान कार्यान्वयनमा नबन्न आग्रह गरेका छन् ।

एमालेले संविधान संशोधन हुनै हुन्न भन्ने अडान लिएर तथा मधेसवादी दलले संशोधन नगरेसम्म निर्वाचन नै हुन दिंदैनौं भनेर संविधान कार्यान्वयनमा व्यवधान सिर्जना गरेको उनको आरोप छ ।

नेपाल प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा कांग्रेस नेता पौडेलले भने, ‘मधेसका साथीहरुलाई पनि म भन्न चाहन्छु, संविधान कार्यान्वयनका लागि हलो अड्काएर गोरु कुट्ने काम नगर्नुस् ।’

उनले अघि भने, केपी ओलीजीलाई पनि भन्न चाहन्छु, बढी टाठो भएर केही पनि मान्दैनौं, कम्प्रमाइज गर्दैनौं । संविधान संशोधन आवश्यक छैन । मान्दै मान्दिन भनेर यतिकै अड्काएर राखेर संविधान कार्यान्वयनमा अवरोध गर्नु काम एमाले जस्तो जिम्मेवार पार्टीले पनि गर्नु भएन ।’

उनले एमाले र मधेसवादी दल दुवैले कम्प्रोमाइज गरे संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने र कार्यान्वयनमा अहिले देखिएका चुनौती समाप्त हुने उनले बताउका छन् ।

कांग्रेस नेता पौडेलले स्थानीय तहको पुनर्संरचना आयोगमाथि स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने काम गर्न नजानेको आरोप लगाए ।

गाउँ नै पिच्छे गाउँपालिका बनाउनुपर्ने सरल बाटो छोडेर आयोग बाङ्गोटिङ्गो बाटो हिंडेको उनको आरोप छ । उनले भने, देशको वास्तविकता नबुझेर हो कि विगार्न खोजेको हो मलाई थाहा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment