Comments Add Comment

दशैंमा बस्ती हस्तान्तरण गर्न नसकेको भन्दै धुर्मुसले मागे माफी

Dhurmus Suntali work at Giranchaur (8)
१५ असोज, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्ती तोकिएको समयमा निर्माण सकेर हस्तान्तरण गर्न नसकेेको भन्दै क्षमायाचना गरेको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले पूर्वनिर्धारित समयमा काम सक्न लगातारको बर्षा बाधक बनेको बताउँदै दशैंको घटस्थापनाका दिन हस्तान्तरणको लक्ष्य भएपनि नसकिएको माफी मागेका छन् ।

उनले सबै समस्या र चुनौतिलाई जित्न सकेपनि प्रकृतिलाई जित्न नसकेको भन्दै फाउण्डेशनले आफ्नो तर्फबाट जतिसक्दो चाँडो बस्ती हस्तान्तरण गर्न प्रयन्त गर्ने बताएका छन् ।

फाउण्डेशनले सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेको हो । दिन रात खटेर काम गर्दा पनि झरीले काम प्रभावित गरेको भन्दै पुनर्निर्माणको अभियान भने कुनै कारणले नरोकिने धुर्मसले बताएका छन् ।

धुर्मुस-सुन्तलीलाई गिरान्चौर बस्ती निर्माणका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । त्यसैबाट गिरान्चौर बस्तीलाई आपांग, बाल तथा वातावरणमैत्री तवरले पुनर्निर्माण गरिँदैछ ।

भिडियो हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment