Comments Add Comment

अनसनरत डा. केसीको समर्थनमा प्रदर्शन

gobinda kc's supporter (4)
१५ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेशाकर्मी र सर्वसाधारणले शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीले उठाएका माग तत्काल सम्बोधन गरिनुपर्ने बताए ।

gobinda kc's supporter (1)

चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गरिनुपर्ने, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइनुपर्ने, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिइनुपर्ने र चिकित्सा शिक्षा सम्बन्धी कानून बनेपछि मात्र नयाँ मेडिकल कलेजको सम्बन्धन दिइनुपर्ने माग राख्दै डा. केसी अनसनमा छन् ।

gobinda kc's supporter (3)
gobinda kc's supporter (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment