Comments Add Comment

साझाले माग्यो काठमाडौं-वीरगञ्ज बस सेवाका लागि रुट पर्मिट

Sajha_ New_Bus

१५ असोज, काठमाडौं । साझा यातायातले काठमाडौं-वीरगञ्जमा रुटमा बस सेवा सञ्चालनका लागि इजाजत मागेको छ । यातायात व्यवस्था विभागसँग साझाले बस सेवा सञ्चालनका लागि रुट पर्मिट मागेको हो ।

रुट पर्मिट पाएलगत्तै वीरगञ्जमा पनि पुनः बस सेवा सुरु गर्ने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । उनका अनुसार आइतबारदेखि बाग्लुङ र गोरखाका लागि लमो दुरीमा बस सेवाको शुभारम्भ हुनेछ । एक दशकपछि साझाले फेरि लामो रुटमा बस चलाउन लागेको हो ।

साझाले बाग्लुङका लागि ५ सय ५० रुपैयाँ भाडादर तोकेको छ भने गोरखाका लागि २ सय ८५ रुपैयाँ लाग्ने पाण्डेयले बताए । साझाले पुल्चोक, नयाँबसपार्क र कलंकीमा टिकट काउन्टर खोलेको छ ।

काठमाडौं-गोरखा र काठमाडौं-बाग्लुङ रुटमा दैनिक २-२ वटा बसहरु चल्नेछन् । नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तब्यतर्फ लाग्ने छ ।

गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ । यहाँबाटै छुट्ने समयमा बाग्लुङ र गोरखाबाट पनि बस काठमाडौंका लागि छुट्नेछ ।

दुई रुटमा अब साझाका नियमित बस चल्नेछन् । साझाले काठमाडौं महानगरपालिकालाई सेयर दिएर ३० वटा नयाँ बस भित्र्याएको छ । नयाँ थपिएसँगै हाल साझासँग ४६ वटा बसहरु छन् । काठमाडौं भित्र साझाका नयाँ बस चल्ने रुट भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment