Comments Add Comment

टेकबहादुर दम्पत्तिको गुनासोः बिना कारण नेपाल डिपोर्ट गरियो

१५ असोज, काठमाडौं । टेकबहादुर राना र देवी गुरुङ दम्पत्तिले आफूहरुलाई विना कारण मलेसियाबाट नेपाल डिपोर्ट गरिएको गुनासो गरेका छन् ।

Davi-Gurungगुरुङका अनुसार उनीहरु नाबालक छोरासहित सपरिवार सन् २०१० देखि क्वाललम्पुरमा भूदी कञ्चन एमएसडिएन विएचडी (हिमालयन रेष्टुरेन्ट) व्यवसाय गरी काम गर्दै आएका थिए ।

ट्राभल्स डकुमेन्ट दिने ठेक्का कोप्रासी नामक गैरसरकारी संस्थालाई दिएकोमा मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतको विरोध गर्दा आफूहरुलाई डिपोर्ट गरेको उनको आरोप छ ।

मलेसियन प्रहरीले सोधपुछ गरेपछि ‘स-परिवार’लाई मलेसियन एम्बेसी र राजदूतले नेपाल डिपोर्ट गर्न पत्र काटेको भन्दै गुरुङले भनिन्, ‘राजदुतले हाम्रो निवेदनको वेवास्ता गरे ।’

उनीहरुका अनुसार मलेसियन प्रहरीले टेकबहादुर रानालाई १४ दिन र देवी गुरुङलाई २१ दिन राखी मलेसिया प्रवेशमा ५ वर्षको प्रतिबन्ध लगाई छोरासहित नेपाल डिपोर्ट गरेको छ ।

उनीहरुले मलेसियामा रहेको आफ्नो रेष्टुरेन्ट कब्जा गरिएको भन्दै फिर्ता गराई मलेसिया गएर पुनः व्यापार व्यवसाय सुचारु गरि बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment