Comments Add Comment

सरकारलाई दिएको समर्थन फिर्ता लिने महतोको चेतावनी

Rajendra-mahato

१५ असोज, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तिहार अगावै संविधान संशोधन प्रस्ताव दर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

सत्तारुढ माओवादी र कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्न आलटाल गरेको उनको आरोप छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चाका नेता महतोले सरकारप्रतिको विश्वास गुम्दै गएको बताए ।

एमालेले दिँदैन भन्ने बाहाना बनाएर कांग्रेस र माओवादी नै जालझेल गर्ने खेलमा लागेको उनको आरोप छ । मधेसी मोर्चासँग भएको तीनबुँदे कार्यान्वयन नभएको भन्दै उनले भने, ‘यदि यस्तै रवैया जारी रहन्छ भने अधिकार प्राप्तिका लागि सडक आन्दोलनको विकल्प छैन ।’

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्नु पर्ने र बाधक बने मधेसवाट एमाले सकिने उनको दाबी छ । उनले भने, संविधान संशोधनमा जुन पार्टीले अवरोध गर्छ, त्यसविरुद्ध लड्छौं ।’

मधेसी मोर्चाका नेता समेत रहेका महतोले संविधान संशोधान नगरी चुनाव हुन नदिने बताए । ‘संविधान स्वीकार्य नभएसम्म चुनाव पनि हुन सक्दैन, उनले भने, यदि भई हाले ज्ञानेन्द्रले गराएको जस्तै प्रतिगामी चुवान हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment