Comments Add Comment

नाकाबन्दी विगत भइस्क्यो, धेरै कोट्याउनु हुँदैनः सुजाता

Sujata-koitala

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नाकाबन्दीको पीडा विर्सेर नेपालले भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएकी छन् ।

पुरानो कुरा दोहोर्‍याइराख्यो, सम्झिराख्यो भने आफ्नो परिवारसित त नराम्रो हुन्छ । त्यसैले हामीले बिर्सनुपर्छ

चाहेर पनि नचाहेर पनि भारतसँगको सम्बन्ध सुमधुर बनाएर अगाडि बढ्नु नेपालको वाध्यता भएको उनले बताइन् ।

जीपी कोइराला फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेतृ कोइरालाले नाकाबन्दीको पीडा कोट्याएर नेपाललाई कुनै फाइदा नहुने बताइन् ।

उनले भनिन्, पास्ट इज पास्ट भनेर हामीले नयाँ किसिमले सम्वन्ध बनाएर जाने हो । पुरानो कुरा दोहोर्‍याइराख्यो, सम्झिराख्यो भने आफ्नो परिवारसित त नराम्रो हुन्छ । त्यसैले हामीले बिर्सनुपर्छ ।’

पूर्वपरराष्ट्रमन्त्री कोइरालाले पुरानो कुरा कोट्याउनुभन्दा आफूलाई लागेको कुरा प्रष्टसँग राखेर भारतसँगको सम्बन्ध सुमधुर बनाउनु नै नेपालको हितमा रहेको बताइन् ।

भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण सार्कको १९ औं शिखर सम्मेलन स्थगित भएको भन्दै उनले दुई मुलुकको सम्बन्धमा सुधारका लागि सार्कका अन्य मुलुकले भूमिका खेल्नुपर्ने धारणा राखिन् । साथै सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपालले सार्क सम्मेलन हुने वातावरण बनाउन पहल गर्नुपर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment