Comments Add Comment

खाद्य संस्थानले भोलिदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने

Khasi boka (15)
१५, काठमाडौं । सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले भोलि आइतबारदेखि काठमाडौंमा खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गर्दैछ ।  दशैंका लागि ७ सय ५० च्याङग्रा काठमाडौ ल्याइएको छ भने हेटौंडाबाट २ सय खसीबोका भोलि नै काठमाडौं ल्याइँदैछ ।

खसीबोका र च्याङ्ग्राको मूल्य भोलि नै तय गरेर दिउँसो १ बजेदेखि विक्री सुरु गरिने संस्थानका प्रवक्ता पवन कार्कीले अनलाइनखबरलाई जानकारी दिए । संस्थानले मुस्ताङबाट ७ सय ५० च्याङग्रा शनिबार काठमाडौ ल्याएको हो ।

खसीबोका र च्याङ्ग्राको बिक्री संस्थानको थापाथलीस्थित डिपोबाट हुनेछ । संस्थानले मुस्ताङबाट म्याग्दीसम्म हिँडाएर तथा म्याग्दीबाट ट्रकमार्फत च्याङग्रा काठमाडौ ल्याएको हो । केही च्याङग्रा भने मरेका छन् ।

संस्थानकले हेटौंडा र लाहानमा ४/४ सय खसीबोका किनिसकेको छ । त्यसलाई पनि काठमाडौं ल्याएर बिक्री गरिनेछ ।

संस्थानले प्रतिकेजी ४ सय ८५ रुपैयाँका दरले च्याङग्रा खरिद गरेर ल्याएको हो । संस्थानले थप ७ सय ५० वटा च्याङग्रा काठमाडौं आउने क्रममा रहेको बताएको छ । दशैंका बेला बजार मूल्य नियन्त्रण गर्न भन्दै सरकारले खाद्य संस्थानमार्फत खसी र च्याङग्रा विक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment