Comments Add Comment

पेनाल्टी गोलसँगै लिभरपुलको अर्को जित

Liverpool

१५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले स्वान्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्वान्सीले आठौं मिनेटमा नै लिरोय फरको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा यसलाई जोगाउन सकेन ।

५४ औं मिनेटमा लिभरपुलका फिर्मिनोले बराबरी गोल फर्काए । विपक्षीमाथि लगातार दबाव बढाएको भ्रमणकारी टोलीले खेलको ८४ औं मिनेटमा पेनाल्टी पायो ।

र, मिल्नरले कुनै गल्ती गरेनन् । यही पेनाल्टी गोलको मदतमा लिभरपुलले सात खेलमा पाँचौं जित हात पारेको छ र १६ अंक भएको छ । स्वान्सीले भने ५ खेल हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment