Comments Add Comment

काठमाण्डौमा बलिउडकी हट उर्वशी

urbasi rautela in ktm (16)
बलिउडमा उदाउँदै गरेकी नायिका तथा मोडल उर्बसी रौटेलाले काठमाडौंमा क्याक्टवाक गरेकी छिन् । युहान इन्टरनेशनल इभेन्ट्स प्रालीको निमन्त्रणामा बिहिबार राती उनी काठमाडौं आएकी थिइन् ।

शुक्रबार बेलुकी काठमाण्डौको आर्मी अफिसर्स क्बलमा आयोजित ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल-२०१६’ मा मोडल रौटेलाले शो स्टपरको रुपमा क्याटवाक गरिन् ।

सो प्रतियोगिताका २० जना पुरुष र २१ जना महिला मोडल प्रतियोगीसँग उनले बिशिष्ट अतिथिको रुपमा क्याटवाक गरेकी थिइन् । पहिलो पटक आफु नेपाल आएको र नेपालीबाट धेरै माया पाएको उनको भनाई छ । urbasi rautela in ktm (2) urbasi rautela in ktm (3) urbasi rautela in ktm (4) urbasi rautela in ktm (6) urbasi rautela in ktm (7)
उर्वसीले विजेताहरुलाई ट्रफी पनि प्रदान गरेकी थिइन् । अभिनेत्री उर्वसीसँगै आएका बलिउड गायक अली कुली मिर्जाले कार्यक्रममा आफ्ना आधा दर्जन गीत प्रस्तुत गरेका थिए । ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल-२०१६’ मा महिलातर्फ आफ्ना २० प्रतिस्पर्धीलाई पछि पार्दै प्रिया लिम्बुले उपाधि जितिन् । यस्तै रेजल रोक्कले फस्ट रनर अपको उपाधि प्राप्त गरिन् भने सिम्रन पराजुली मल्टिमिडिया अवार्ड सहित सेकेन्ड रनर अप बन्न सफल भईन् ।

यस्तै पुरुष मोडल तर्फ सचिन शाक्यले उपाधि जिते । अनुज मास्के फस्ट रनरअप भए भने बिजु श्रेष्ठ सेकेन्ड रअन अप भए । सो प्रतियोगिताको निर्णायकहरुमा डब्बु क्षेत्री, सुमित जबरा, सिजी मोटर्सका सुनिल खेतान, चलचित्र निर्माता सुमन बिष्ट, सौन्दर्यविद् एव फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा र मोडल पविना खड्का थिए । urbasi rautela in ktm (12) urbasi rautela in ktm (13) urbasi rautela in ktm (14) urbasi rautela in ktm (19)

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment