Comments Add Comment

अनसन स्थगित गर्न डा. केसीलाई स्वास्थ्यमन्त्री थापाको आग्रह

Gagan Thapa (3)

२० असोज, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन स्थगित गर्न आग्रह गरेका छन् । डा. केसीले उठाउँदै आएका माग सम्बोधनका लागि आफू तयार रहेको तर, यसका लागि केेही समय लाग्ने उनले बताए ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री थापाल जीवन रक्षाका लागि पनि आफ्नो अनुरोधलाई स्वीकार गरेर अनसन स्थगित गर्न डा. केसीलाई अनुरोध गरे । डा. केसी १० गतेदेखि आमरण अनसनमा बसेका छन् ।

मन्त्री थापाले समग्र स्वास्थ्य क्षेत्रको संस्थागत सुधार र विकृति हटाउनका लागि आफु दत्तचित्त भएर लागेको दाबी गरे ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुु पर्ने डा. केसीको माग छ । तर, मन्त्री थापाले भने संवैधानिक निकायका प्रमुख तथा उनीहरुको आचरणको सम्बन्धमा सरकारले सही वा गलत भन्न नसक्ने बताए ।

यद्यपी व्यक्तिगत रुपमा आफू महाअभियोगका सम्बन्धमा संसदमा छलफल हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment