Comments Add Comment

ट्रम्प भिडियो प्रकरणः अमेरिकी राष्ट्रपति चुनाव तरंगित

Donald trumpजति कम बोल्यो त्यति गल्ति कम ,जति ज्यादा बोल्यो त्यति ज्यादा गल्ति हुने सम्भावना हुन्छ भन्ने भनाइ छ । रिपव्लिकन दलबाट राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प अभिव्यक्तिका कारण बारम्बार विवादमा आउँने गरेका छन् ।

कैयो पटक उनले बोलेका कुराहरुलाई ज्यादा दबाब आएपछि सञ्चार माध्यम मार्फत माफी माग्दछन्  । आगामी नोवेम्बर ८ तारिखमा हुने राष्ट्रपति चुनावी मुखमा फेरी एक पटक ट्रम्प विवादमा तानिएका छन् ।

उनले सन् २००५ मा महिलालाई अश्लिल शब्द प्रयोग गरिएको श्रब्य दृश्य -भिडियो ) वाशिंगटन पोस्टले सार्वजनिक गरेपछि उनको चर्को आलोचना भएको छ ।
 

अमेरिकाको राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेवारले यस्तो तल्लो स्तरको घटिया शब्द प्रयोग गरेको कारण अमेरिकाको राजनीतिमा ठूलो भूकम्प ल्याएको छ ।

संचार माध्यममा जताततै ट्रम्पको भिडियो आएपछि केवल महिलाहरुले मात्र होइन आम नागरिक र विश्वस्तरमा त्यसको विरोध भइरहेको छ । र, त्यसलाई सहन गर्न नसकेका ट्रम्पले माफी मागेका छन् ।

‘म पूर्ण मानिस हैन’ भन्दै ट्रम्पले माफी मागेपनि  पनि अझ यो मुद्दा व्यापक बन्दै गएको छ ।
महिलाप्रति राखेको दृष्टिकोणले ट्रम्पको चुनावी प्रचार प्रसारलाई ठूलोे थप्पड लागेको छ । भने अर्की उमेदवार हिलारी क्लिनटनलाई यसले फाइदा पुर्‍याएको छ ।

अमेरिकाको राष्ट्रपतिका उम्मेदवारका विषयमा विवादास्पद विषयहरु सतहमा आउँदा अमेरिकी मतदाता गम्भीर बन्ने गरेका छन् । र, चुनावी नतिजा नै उलठपुलठ हुने गरेका छन् ।
ट्रम्पले महिलामाथि दिएको अभिव्यक्ति यौनसँग जोडिएका छन् । उनले ‘विवाहित महिलासँग यौनको इच्छा’, महिलालाई छुने र किस गर्ने इच्छा’ जस्ता शव्दका प्रयोग गरेका कारण विशवभर उनको आलोचना भइरहेको छ ।

विश्वभर चासोका साथ लिइएका अमेरिकी चुनावका उमेदवारको यस्तो भनाइ पारिवारका सदस्यसँग बसेर समेत हेर्न नसकिने खालका भएको भन्दै सामाजिक सञ्जालहरुमा समेत व्यापक चर्चामा रहेको छ ।

उनले सन् २००५ मा एक बिबाहित महिलासँग शारीरिक सम्पर्क गर्न चाहेको र शारीरिक रुपमा केही हर्कत गरेको उनले बोलेको श्रब्य दृश्य सार्बजनिक भएको छ ।

ट्रंपले तल्लो स्तरको अपशब्द प्रयोग गर्दै महिलाका शंबेदनशील अङ्गको बारेमा बोलेका छन् जसको कारण उनी अब उम्कन सक्ने छैनन्  । र, यसको जवाफ दिन मुस्किल हुने भएको छ ।  जुन  कुकृत्य उन्ले तेश्रो बिबाह गरेका अहिलेकी जीवन संगिनी मेलानियासँग गरेको एक महिना पछि गरेको वाशिंगटन पोस्टले लेखेको छ ।

उन्ले उक्त भिडियोमा भनेका छन् ,जब तिमि एक प्रसिद्ध व्यक्ति हुन्छौ भने महिलाले तिमीलाई जे पनि गर्न दिन्छन् ।  तिमि जे पनि गर्न सक्छौ भन्दै आफुले महिलाको शंबेदनशील अंग छोएको भनाइ सार्बजनिक भएको छ  । ‘म ख्याती प्राप्त व्यक्ति हु र म महिलालाई पक्डन सक्छु’ सार्वजनिक भएको भिडियोमा भनिएको छ ।

ट्रम्प चर्को आलोचना खेपिरहेका बेला डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टन चुनावी प्रचार प्रसार अभियानले ट्रमले महिललाई गरेको अपमान तथा तुच्छ बनाउने गरि प्रयोग गरिएको अपशब्दको पर्दाफासले उनि अयोग्य छन् भनि दाबी गरेका छन्  ।

रिपब्लिकनका हस्तीहरु उनीमाथि यसरि खनिए

सभामुख पउल रायनले ट्रमको घृणास्पद कुरामाथि टिप्पणी गर्दै गत शुक्रबार ७ तारिखमा हुने विस्कनसिनमा हुने कार्यक्रममा उनलाई नबोलाईने बताए  । रायनले नै ट्रमलाई नआउनु भनि सीएनएनले लेखेको छ  ।

पूर्व राष्ट्रपतिका उम्मेदवार मिट रोमनिले एक बिबाहित महिलालाई आक्रमण भन्दै प्रश्न  गर्दै यस्तो घिनौना अपमानजनक हाम्रा जीवन संगिनी तथा हाम्रा छोरीहरुको अपमान भएको भन्दै खेद प्रकट गरेका छन् ।  यस्तै जन मेकनले यो भिडियोको परिणाम ट्रंपले भोग्ने छन् भनि लेखेका छन् ।  ट्रंप को लम्पट टिप्पणी प्रति कुनै माफ नहुने भन्दै कुनै पनि महिला पीडित हुनु हुदैन भनि लेखेका छन्  ।

ट्रमका उपराष्ट्रपतिका उम्मेद्वार माइक पेन्सले उनका बारेमा टिप्पणी गर्न चाहेनन्  । यस्तै उताह राज्यका सभासदले ट्रमलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

रिपब्लिकन दलका थुप्रै हस्तीहरुले ट्रम्पको अभिव्यक्तिको ब्यापक बिरोध गरेका छन् ।

न्युहृयाम्प्सायरका सिनेटर तथा ट्रमका कट्टर आलोचक केली अयोटा तथा पूर्व राष्ट्रपतिका उम्मेदवार जेब बुशले सामाजिक संजाल ट्वीटर बाट जवाफ दिएका छन्  ।

राजनीतिमा रातारात पासा पल्टिन्छ ।  यो श्रब्य दृश्यको सार्बजनिकले उनलाई डरलाग्दो सङ्कट निम्त्याएको छ  ।  डोनाल्ड ट्रंपले यसो भनेका छन् ” मैले भने ,यो गलत थियो र म खेद प्रकट गर्छु ” यसलाई अमेरिकन जनताले क्षमा गर्छन या गर्दैन् ? त्यो भबिष्यको कुरा हो  । क्षम्य हुने बिषय वस्तु हो या हैन ? आगामी नोवेम्बर ८ तारिखमा हुने राष्ट्रपतिको निर्वाचनमा हाम्रो मान्छे भन्दा राम्रो मान्छे ल्याउने निर्णय अमेरिकन जनताको हातमा निर्भर रहने छ  ।

अमेरिकी संचार माध्यममा लगातार ट्रमले बोलेको भिडियो सार्बजनिक निरन्तर रुपमा भै रहेको छ ।  आइतबार दोश्रो राष्ट्रपतीय बादबिबाद सीएनएनद्वारा प्रतक्ष प्रसारण गरिने छ । उनले के भन्छन्, सारा विश्व सुन्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment