Comments Add Comment

दीपकराज फिल्ममा व्यस्त हुने, धुर्मुस सुन्तली टेलिभिजनमै फर्किने

 

deepa and dipakकाठमाडौं । फिचर फिल्ममा व्यस्त हुन थालेका दीपकराज गिरी फेरि टेलिभिजनमा फर्किने मुडमा छैनन् । हास्य सिरियलको क्षेत्रमा उधुम मच्चाएको ‘तीतो सत्य’को क्रेज क्रमशः कम हुँदै गएपछि उनले सिरियलको काममा पूर्णविराम लगाएका छन् ।

‘तीतो सत्य’को क्रेज कम हुँदै गएपछि मैले बन्द गरें र फिल्मतिर लागेँ, अब फिचर फिल्ममै व्यस्त हुन्छु’ गिरीले भने, एउटै चिज वर्षौंसम्म प्रशारण गरिरहँदा दर्शकलाई बोर हुन्छ ।’

उनको बनाएको फिचर फिल्म छ एकान छ, वडा नम्बर-६ र अहिले प्रदर्शन भइरहेको छक्कापञ्जाले हलमा उधुम मच्चाइरहेको छ । दीपकलाई लाग्छ ‘हरेक फिचर फिल्म यसैगरी चल्छ भन्ने होइन’

आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर फिल्म बनाएको धारणा राख्ने दीपकराज दर्शकलाई सन्तुष्ट बनाउन प्रयाशरत हरेको बताउँछन् । तर, सिरियलको हकमा नयाँ के गर्ने भन्ने भेउ पाएका छैनन् । उनकै भनाइलाई मान्ने हो भने ‘तीतो सत्यमा गर्ने जति गरिसकियो अब बाँकी केही छैन ।’

नेपाल टेलिभिजनवाटै प्रशारण भएको तीतो सत्य, मेरीबास्सै, जिरेखुर्सानी अहिले बन्द छ । यी सिरियल बन्द भएपछि किरण केसी र शिवहरि पौडेलको निर्देशनमा निर्माण भएको ब्रेकफेल र केदार घिमिरे ‘माग्ने बुढा’ र वील्सन बिक्रम राई ‘तक्मे बुढा’ ले सुरु गरेको खासखुसले पनि प्रशारणलाई निरन्तरता दिन सकेन ।

कुमार कट्टेलको समूहले निर्माण गरेको भद्रगोलको पनि पुरानै एपिसोड हेरेर चित्त बुझाएका छन् दर्शक । हाकाहाकी पछिल्लो समय नियमित प्रशारण भए पनि आम दर्शकलाई सन्तुष्ट बनाउन सकेको छैन ।

टेलिभिजनवाट प्रशारण हुने ‘हर्के हल्दार’ मा विविधता आउन नसकेको गुनासो बढिरहे पनि हर्के हल्दारले आफ्नो शैली परिवर्तन गर्न सकेको छैन ।

नेपाली च्यानल हेर्ने बानी पार्‍यो

टेलिभिजन च्यानलमा मेघा हिन्दी सिरियलको दबदबा रहेका बेला सुरु भएको थियो तीतो सत्य । हिन्दी सिरियल हेरेर मनोरञ्जन लिने दर्शकलाई नेपाली च्यानल हेर्न वाध्य पार्ने काम तीतो सत्यले नै गरेको थियो ।

तीतो सत्य प्रशारण भएपछि नै जिरे खुर्सानी र मेरी बास्सैलगायत अन्य हास्य सिरियल सुरु भए । छुट्टाछुट्टै बार प्रशारण हुने सिरियलप्रति दर्शकको आकर्षण बढ्दै गयो ।

daman-and-jitu

जिरे खुर्सानीका निर्देशक जितु नेपाल भन्छन् ‘हास्य सिरियलको क्रेज अहिले पनि उस्तै छ । राम्रो सिरियल बनायो भने दर्शकलाई फेरि पनि तान्न सकिन्छ ‘ ।

नेपाल टेलिभिजन कर्मचारीको आन्तरिक किचलो र मिडिया हबले समयमा पैसा नतिरेका कारण जिरे खुर्सानी बन्द गर्न वाध्य भएको धारणा राख्ने जितु समय मिल्नेबित्तिकै सिरियल बनाउन सुरु गर्ने योजनामा छन् । ‘हामीलाई चिनाएकै टेलिभिजनले हो, हामी कहिल्यै पनि टेलिभिजनलाई बिर्सन सक्दैनौं’ जितुले भने ।

हाम्रोजस्तो समाजमा हास्य सिरियलको महत्व हरेक दिन बढ्छ भन्ने लाग्छ उनलाई । नेपाली समाजले वर्षौदेखि अभाव झेलेको धारणा राख्ने जितु दिनभरिको तनाब भुल्नका लागि पनि एकछिन हास्य सिरियल हेरेर दर्शकले मनोरञ्जन लिने धारणा राख्छन् । ‘तनावमा रहेका दर्शकलाई एकछिन भए पनि हामीले मनोरञ्जन दिएको छौं’ जितुले भने ।

सिरियल बन्द भएपछि स्टेज कार्यक्रममा सक्रिय जितुले साथी भाइले बनाएका केही फिल्ममा अभिनय गरे पनि तत्काल फिचर फिल्म निर्माण गर्ने योजना बनाएका छैनन् । ‘म त अझै टेलिभिजन कुरिरहेको छु । फिचर फिल्मको कुनै सम्भावना छैन’

फेरि सिरियलमै

भूकम्प पीडितका लागि बस्ती निर्माणमा जुटेका सीताराम कट्टेल ‘धुर्मुस’ पनि समाजसेवाको एउटा अध्याय पूरा गरेपछि सिरियलमै फर्किने योजनामा छन् । ‘सधैं समाज सेवा गरेर जीवन चल्दैन । म सिरियलमै फर्किनेछु’ उनले भने ।Dhurmus-suntali

हास्य सिरियलले नेपाल टेलिभिजनमा प्राण भर्ने काम गरेको दाबी गर्ने सीताराम अहिले प्राण उडेकोमा दुःखी छन् । ‘हास्य सिरियल त टेलिभिजनको प्राण हो, अहिले प्राण रोक्ने काम भएको छ । यस्तो हुनुहुँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment