Comments Add Comment

थाइल्याण्डका राजा भूमिबोलको निधन

Bhumibol
२७ असोज, काठमाडौं । थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा विहीबार बैंककमा निधन भएको छ । बीबीसीका अनुसार थाइ राजदरबारले उनको मृत्युको पुष्टि गरेको छ ।

पछिल्लो केही दिनदेखि बिरामी परेका भूमिबोलको निधन स्थानीय समय अनुसार विहीबार दिउँसो ३ बजेर ५२ मिनेटमा भएको हो ।

भूमिदेव संसारमा सबैभन्दा धेरैसमय सम्म राज गर्ने राजा मानिन्थे । उनले ७० वर्षसम्म राज गरेका थिए । उनका छोरा युवराज ६४ वर्षका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment