Comments Add Comment

एमालेको चियापानमा महन्थ ठाकुरदेखि विजय गच्छदारसम्म

केपी, माधव र झलनाथ रुद्राक्षको मालामा सजिए

kp-and-mahantha-thakur2-
२९ असोज, काठमाडौं । नेकपा एमालेले विजया दशमीका अवसरमा आयोजना गरेको चियापान समारोहमा मधेसी मोर्चाका नेतासमेत सहभागी भएर केपी ओलीसँग हात मिलाएका छन् ।

राजनीतिक रुपमा एमालेसँग सम्बन्ध चिसिएका बेला मधेसी नेताले चियापानमा सहभागिता जनाएर मेलमिलापको सन्देश दिएका छन् ।

uml-chiyapaan5
पार्टी कार्यालय धुम्बाराही नजिकैको शंखपार्कमा आयोजना गरिएको चियापानमा मधेसी मोर्चाका नेता महन्थ ठाकुरले सहभागिता जनाए ।

महन्थ ठाकुरले केपी ओलीसँग हात मिलाएर शुभकामना आदान-प्रदान गरेका थिए । ओलीले पनि महन्थलाई ‘स्वागत छ’ भन्दै अतिथि सत्कार गरे । यसबाहेक उनीहरुसँग खासै कुराकानी भएन ।

त्यसैगरी मधेसी जनअधिकार फोरक लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार पनि एमालेको चियापानमा सहभागी भए ।

uml-chiyapaan2
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल चियापानमा सहभागी भएका थिए । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ चियापानमा सहभागी थिए ।

UML tea party (10)
नयाँ शक्ति पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमी पनि एमालेको चियापानमा सहभागी भएका थिए ।

चियापान समारोहमा एमाले नेता केपी ओली, माधव कुमार नेपाल र झलनाथ खनाल पिताम्बर खादा र रुद्राक्षको मालामा सजिएका थिए । एउटा ब्राह्मणको टोलीले उनीहरुलाई माला लगाइदिएको हो ।UML tea party (8)

दशैंको अवसरमा विगतको परम्परालाई निरन्तरता दिँदै एमालेले आयोजना गरेको चियापान समारेाहमा नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको घुइँचो लागेको थियो ।

सहभागीहरुलाई चिया, कफीका साथै फलाहारले स्वागत गरिएको थियो ।

थप तस्वीर

uml-chiyapaan
UML tea party (16)
UML tea party (20)

kp-oli-and-mahantha-thakur-
uml-chiyapaan4
UML tea party (18)
uml-chiyapaan3
UML tea party (19)
UML tea party (17)
UML tea party (14)
UML tea party (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment