हुने खाने त्यतातिर हुँदा खाने यतातिर ।
उतैतिर चल्छ सुवास, चल्छ हावा जतातिर ।
पर्न छाड्यो जूनको किरण, फूल-पात-लतातिर ।
ढुंगेयुगमै फर्क्यो मान्छे फेरि दन्त्यकथातिर ।
जता हेर्यो अँध्यारै छ, खोजूँ ‘रवि’ कतातिर ?
काठमाडौं ।