Comments Add Comment

हिटलरको जन्म घर भत्काउने तयारी

hitler house२ कात्तिक, काठमाडौं । अस्ट्रिया सरकारले जर्मन तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ ।
अस्ट्रिया तथा जर्मनीको सीमा नजिक रहेको उक्त घर ‘ब्राउन एम इन’को  माथिल्लो तलामा हिटलरको परिवार भाडामा बसेका थिए ।

उक्त भवनमा हिटलरको जन्म सन् १८८९ अप्रिल २० भएको थियो । नाजी शासनको समय यस घरमा हिटलरको स्मारक बनाइएको थियो । जहाँ थुप्रै पर्यटक आउने गरेका थिए । तर, १९४४मा नाजी शासन ढलेसँगै उक्त स्थलमा पर्यटक आवागमन बन्द गरिएको थियो ।

हिटलर जन्मेको घर नाजिहरुको पूजा गर्ने स्थल या केन्द्रविन्दु नबनोस् भन्दै अस्टि्रया सरकारले उक्त घर भत्काउने निर्णय गरेको हो ।

अस्टि्रयामा हिटलर जन्मेको घरका विषयमा विवाद छ । केहीले घर भत्काउनुपर्ने बताएका छन्, भने केहीले उक्त घरको अन्य प्रयोजनमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

घरका विषयमा सरकार र घर धनीबीचको कानूनी विवाद रहेको छ ।  घरका मालिकले तीन तले उक्त घर बेच्न अस्विकार गरिरहेका छन्  ।

यही कारण अस्ट्रिया सरकारले घर भत्काउनका लागि संसदमा नयाँ कानून पारित गर्न सक्ने जनाइएको छ । सरकारले नयाँ पास गराए हिटलरको जन्मघरलाई जफत गर्न सक्ने छ ।

अस्टि्रयन पत्रिका डी प्रेसले अस्ट्रियाका गृहमन्त्री वोल्फगैग सोबोत्कालाई उदृत गर्दै जनाएअनुसार विशेषत्रको एक समितिले घर भत्काउन सुझाव दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment