Comments Add Comment

साउदी अरबमा राजकुमारलाई दिइयो मृत्युदण्ड

Saudi३ कात्तिक, काठमाडौं । साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।

प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । यद्यपि उनलाई कसरी मृत्युदण्डको सजाय दिइयो प्रष्ट भएको छैन ।  साउदी अरबमा धेरै मृत्युदण्ड शिर छेदन गरेर दिने गरिन्छ ।

समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउन १३४ औं व्यक्ति हुन् । यद्यपि शाही परिवारका कुनै सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो ।

साउदीको गृह मन्त्रालयका अनुसार राजकुमारले आफ्ना साथीको हत्या अभियोग स्वीकार गरेका थिए । मृत्यदुण्डको घोषणा गर्दै मन्त्रालयले भनेको छ कि यसले हरेक नागरिकलाई भरोसा हुनेछ कि सरकार न्याय र सुरक्षाका लागि प्रतिवद्ध छ ।

अल अरेबियाका अनुसार पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेका थिए, जसका कारण राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment