Comments Add Comment

स्तनपानले आमालाई हुन्छन् यी फाइदा

breastfeedingस्तनपान बच्चाका लागि अमृत समान हो भन्नेमा दुइमत छैन । तर एक अध्ययनले भने स्तनपानले केवल शिशुमा मात्र होइन स्तनपान गराउने आमामा पनि धेरै फाइदा पूराउने देखाएको छ ।

म्याटर्नल एण्ड चाइल्ड न्यूटि्रसन जर्नलमा छापिएको शोध अनुसार स्तनपानले महिलामा स्तन क्यान्सर, अण्डासयको क्यान्सर, मधुमेह, हाइपर टेन्सन तथा हृदयाघात जस्ता रोगको खतरा कम गराउँदछ ।

अध्ययनकर्ताहरुले आफ्नो अध्ययनका क्रममा  ४५ वर्ष र त्यसभन्दा माथिका ७४ हजार ७८५ जना अस्ट्रेलियन महिलाहरुलाई दुइ भागमा बाँडे । त्यसमध्ये एउटा समूहका महिलाहरुले आफुले बच्चा जन्माएर हुर्काउँदा बच्चालाई नियमित स्तनपान गराएका थिए भने अर्को समूहका महिलाले चाहीँ आफ्नो बच्चालाई केवल दिनमा एकचोटी मात्र स्तनपान गराएका थिए ।

अध्ययनबाट के पाइयो भने बच्चा हुर्काउने उमेरमा दिनमा एकपटक मात्र स्तनपान गराउने महिलाको तुलनामा पटक पटक र नियमित रुपमा स्तनपान गराउने महिलाको मुटु अहिले बढि स्वस्थ थियो ।

वेस्टर्न सिड्नी स्कुल अफ मेडिसिनका शोधकर्ताहरुका अनुसार जो महिलाहरुले लामो समयसम्म बच्चालाई स्तनपान गराउँछन् उनीहरुमा ६४ वर्षको उमेर अघि उच्च रक्तचाप हुने खतरा निकै कम हुन् ।

स्तनपानले मुटुलाई कुन कारणले गर्दा स्वस्थ रहन मद्दत पूराउँदछ भन्ने तथ्य पत्ता नलागेको भएपनि स्तनपान गराउने समयमा सरीरमा उत्सर्जन हुने हर्मोनका कारण महिलाको मुटु तथा नसा प्रणालीलाई लाभ मिल्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment