Comments Add Comment

डोनाल्ड ट्रम्प जस्तै देखिने कुकुर !

dog-trumpअमेरिकी राष्ट्रपति चुनावका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले चुनाव जित्न मुस्लिक हुने देखिएको छ । तर उनीजस्तै मुखाकृति तथा पहिरन लगाएको कुकुरले भने बेलायतमा जित हात पारेको छ ।

बेयतमा आयोजित एक कुकुर प्रदशर्नी प्रतियोगितामा ट्रम्पजस्तै स्पड नामक बक्सर जातको कुकुरले प्रतियोगिता जितेको हो ।
स्पडको थुतुनो ट्रम्पकै जस्तो रहेको छ भने उसलाई ट्रम्पकै जस्तै पहिरन लगाइदिएको थियो र कपालको स्टाइल पनि ट्रम्पकै जस्तो बनाउने कोसिस गरिएको थियो ।

ब्ेलायतको ल्यांकसायरको यो कुकुरले एक पिनस्टि्रम शूट तथा निलो रंगको टाइ लगाएको थियो । दर्जनौँ प्रतिद्धन्दीलाई पछि पार्दै यो झिल्के कुकुरले प्रतियोगितामा पहिलो स्थान हात पार्यो ।

डेली मिररको रिपोर्ट अनुसार अनलाइन रिटेल र्फम बनाना मूनद्धारा आयोजित उक्त प्रतियोगितामा कुकुरहरुलाई एक से एक उत्तम पहिरन सहित उतारिएको थियो ।

बेस्ट ड्रेस्ड डग अर्थात् सबैभन्दा राम्रो पहिरनवाला कुकुरको उक्त प्रतियोगितामा ८२ कुकुरले भाग लिएका थिए । तर आफ्नो ट्रम्प शैलीका कारण स्पडले बाजी मार्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment