Comments Add Comment

कवि असीमलार्इ जोगमाया पुरस्कार

amir-sagar

काठमाडौं । कवि असीम सागरले जोगमाया चापागाईँ गजल पुरस्कार पाएका छन् ।

राजधानीको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा जोगमाया चापागाईँ प्रतिष्ठानले असीमलाई पुरस्कार अर्पण गरेको हो । पुरस्कारको राशि २५ हजार र ताम्रपत्र रहेको छ ।

सो क्रममा कवि असीमको एकल कविता तथा गजल वाचन कार्यक्रम राखिएको थियो । त्यस क्रममा उनले आफ्ना केही कविता र गजल वाचन गरेका थिए । पुरस्कृत असीमका दुई गजल संग्रह प्रकाशित छन् ।

अस्टे्रलियाको सिड्नीमा रहेका युवा साहित्यकार प्रदीप चापागाईँले आफ्नी हजुरआमाको नाममा स्थापना गरेको प्रतिष्ठानमार्फत सो पुरस्कार वितरण गरिएको हो । यो वर्ष पुरस्कार स्थापना गरिएको र हरेक वर्ष एक सर्जकलाई दिइने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment