Comments Add Comment

चिनियाँ सामाग्री प्रयोग गर्नु शत्रुलाई सहयोग गर्नु बराबरः बाबा रामदेव

modi-and-ramdev

३ कात्तिक, काठमाडौं । भारतमा अहिले सामाजिक सञ्जालहरुमा चिनियाँ सामाग्री बहिस्कार अभियान चलिरहेको छ । र, त्यसमा योगगुरु बाबा रामदेव पनि तानिएका हुन् ।

रामदेवले अभियानको पक्षमा ट्वीट गरेका छन्-चीनले सँधै हामीलाई धोका दिएको छ । चिनियाँ सामाग्री खरिद गर्नुको अर्थ हुन्छ कि हामी दुश्मनलाई मदत गरिरहेका छौं । हरेक राष्ट्रवादी भारतीयले चाइनिज प्रोडक्ट बायकट गर्नुपर्छ ।’

यसले उनी विवादमा परेका छन् । रामदेवको ट्वीटको विपक्षमा मत राख्नेहरुले भनेका छन् कि यसको अर्थ ठूलो संख्यामा भारतीय दुश्मनको मदत गर्नेछन् । इकोनोमिक टाइम्सका अनुसार भारतको स्मार्टफोन मार्केटमा ३२ प्रतिशत कब्जा चिनियाँ कम्पनीको छ ।

चिनियाँ बस्तु बहिस्कारको अभियान सुरु भएपछि भारतभर ५ लाख बढी स्र्माटफोन बिक्री भएको छ ।

रामदेवले भने विश्व बैंकको तथ्यांक प्रस्तुत गर्दै भनेका छन् कि भारतको चीनमा ब्यापारको तुलनामा भारतमा चीनको ब्यापार छ गुणा बढी छ । अर्थात चीनले भारतमा ६१.६ विलियन डलरको ब्यापार गर्दा भारतले चीनमा ९.१ विलियनको मात्र गरेको छ ।

चीनसँगको ब्यापार घाटा बढ्दो रहेको भन्दै रामदेवले भनेका छन्, तर, दुःखको कुरा यो छ कि चीन यो पैसाको प्रयोग पाकिस्तानलाई सहयोग गर्न गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment