शुक्रबार, २ भदौ, २०७४
OnlineKhabar.com

लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्की स्वत: ‘निलम्बित’

अनलाइनखबर

lokman-singh-karki-3
३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

यससँगै अख्तियार प्रमुख कार्की संविधानतः स्वतः ‘निलम्बित’ भएका छन् । महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको टुंगो नलागेसम्म संम्वन्धिच पदाधिकारी ‘निलम्बित’ अवस्थामा रहने व्यवस्था छ ।

संविधानको धारा १०१ को उपधारा ६ अनुसार अब लोकमानसिंह कार्कीले महाअभियोगको कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैनन् । यो एक प्रकारको निलम्बनकै अवस्था हो ।
लोकमानमाथि लागेको महाअभियोग व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले पारित गरेमा संविधानको धारा १०१ को उपधारा २ अनुसार उनी स्वतः पदमुक्त हुनेछन् । यद्यपि उनले सफाइको माैका भने पाउने छन् ।

महाअभियाेग प्रस्ताव पारित भएमा लाेकमानसिंह कार्की भविश्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनाेनयनका लागिसमेत भविश्यमा अयोग्य ठहरिनेछन् । संविधानको धारा १०१ काे उपधारा ९ मा महाअभियोग लागेर पदमुक्त भएको व्यक्तिले कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनाेनयनका लागिसमेत अयोग्य ठहरिने प्रावधान छ ।

बुधबार दर्ता भएको अविश्वास प्रस्तावमा माओवादी सांसद महेन्द्रबहादुर शाही प्रस्तावक छन् भने एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक छन् ।  प्रस्तावमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले हस्ताक्षर गरेका छन् । माओवादीबाट उर्जा मन्त्री समेत रहेका जनार्दन शर्मासहित ४० सांसदको हस्ताक्षर छ ।

महाअभियोग दर्ता गर्नुको औचित्यबारे स्पष्ट पार्दै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अनलाइनखबरसँग भने, ‘संविधान र कानूनको धज्जी उडाउने काम गरेकाले अति भएपछि महाअभियोग लगाउनुपरेको हो ।’
महाअभियोगबारे कांग्रेसका सांसदहरुले प्रस्तावमा हस्ताक्षर नगरे पनि उनीहरुसँग समेत छलफल भएकाले यो प्रस्ताव दुई तिहाईले पारित हुने ढकालको दाबी छ ।

संविधान अनुसार संसदको एक चौथाई सदस्यले महाअभियोग प्रस्ताव पेश गर्न सक्नेछन् । र, यसलाई दुई तिहाईले अनुमादन गर्नुपर्छ । महाअभियोग प्रस्ताव सदनमा पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानविन गर्न महाअभियोग सिफारिस समिति हुनेछ ।

व्यवस्थापिका संसदले बुधबार मात्र ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा कांग्रेस र एमालेका चार-चार सांसद छन् भने माओवादीका दुई र राप्रपा नेपालका एक सांसद छन् ।

यो पनि पढ्नुहाेस्

महाअभियोग सिफारिस समिति बन्यो, को-को छन् समितिमा ?

अदालतलाई छल्न विदेश गएका लोकमान फर्किए, हेर्नस् ३ तस्वीर

ओलीले मुख खोले-कानून बमोजिम मर्यादामा ल्याइन्छ

२०७३ कार्तिक ३ गते २१:१९ मा प्रकाशित (२०७३ कार्तिक ४ गते ६:०८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • nishan लेख्नुहुन्छ    |   २०७३ कार्तिक ३ गते २१:३५

    अति गर्नु अतिचार नगर्नु । उम्लिए पछि पोखिन्छ भन्थे – यही हो कि क्या हो ।

    2
    0
    Share

  • nayabichar लेख्नुहुन्छ    |   २०७३ कार्तिक ३ गते २१:४८

    aktiyar cheifko adma nepal policeko resources managementma padiya powerko durupyog ra anuchit karya gari organizationlai gamvir hani puryaune igp ra unka sahayogi aigp lagayat lai xanbin ra karbahi garinu parchha

    0
    0
    Share

  • कृष्ण अविरल लेख्नुहुन्छ    |   २०७३ कार्तिक ३ गते २२:२६

    गजप भएछ । कार्कीसँगै कोको सति जान्छन्, हेर्न पाइने भो ।

    2
    0
    Share

  • ram kisn crstha लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते ६:०४

    These are the groups which worked for the benefit of lokman so its their turn to face action :

    1. Nirmal hari adhikari dg Rajaswo
    2. Ram hari aryal economic advisor
    3. Bhawani subbed Press advisor

    2
    0
    Share

  • पराजुली मनोज लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते ८:५८

    गाठी कुरो त थाहा छैन् तर.. यदी “लोकमान” को मर्यादा माथि “आच” आयो भने धेरैको “मर्यादा” माथि आच आउन सक्छ! अझै अगाडि जाने हो भने, बिशेष-बिशेष ब्यक्ती र संस्था सम्म तानिन सक्छन्!
    त्यसैले कुनै “उपलब्दी” मुलक “निर्क्यौल”को अपेक्षा नगरौ!

    अब भोली, “लोकमान” निर्दोश हुन्छन, बिभिन्न बक्तब्यबाजी हुन्छ,
    डा. के. सि. को “अनसन” फेरी तुहिन्छ!
    सम्सदमा “केही खतरनाक साम्सद” डरलाग्दो पारले उफ्रिन्छन!
    पत्र पत्रीका, टेलिभिजनमा छाउछन…., हामी मस्तले पड्छौ/हेर्छौ!
    धेरै होइन, अब यो मुद्दा र प्रसँगलाई अन्तै कतै मोडिन्छ…अनी फेरी उही, तै चुप मै चुप! केही समय पछी हामी पनि चुप, किनकी अर्को “लोकमान या त लडाकु कान्ड” सुरु भई सकेको हुन्छ!!हा हा!

    0
    0
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते ९:०७

    Lok Man Singh Karki lai nilamban garyo vanera k khusi hunura… yesto bau dhurta aayera yesko thau maa basi halxa ani k khusi hunu.. Jun jogi aaye pani kanai chiriyeko vane jasto!

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this