Comments Add Comment

जब आकाशबाट मान्छेका हातखुट्टाको वर्षा हुन थाल्यो …

आकाशबाट पानी तथा असिना होइन जब मानिसका हात खुट्टाको वर्षा हुन थाल्यो भने के होला ? आकाशबाट माछाको वर्षा भएको समाचार त केही समय पहिले आएको थियो । आकाशबाट माछा मात्र होइन मानिसकै काटिएका हातखुट्टा समेत वषिर्ने गरेका छन् ।

body-fallयो घटना भएको थियो साउदी अरबको जेद्दास्थित रेड सी सहरमा । जब त्यहाँ मानिसका काटिएका हातखुट्टा आकाशबाट र्झन थाले तब मानिसहरु त्रसित नहुने कुरै भएन ।

मानिसको जिउका काटिएका अंगहरु कसरी आकाशबाट झरे भन्ने कुराको भेउ सर्वसाधारणले पाउन सकेनन् ।

वास्तवमा आकाशबाट मान्छेका काटिएका अंगको वषर्ा हुनुको भयानक कारण थियो । समाचार अनुसार विभिन्न गरीब देशका मानिसहरु विकशित देशमा छिर्नका लागि विमानको ल्याण्डिंग गिएरमा लुकेर जहाजमा उड्ने जोखिम समेत उठाउने गरेका छन् ।

सायद त्यस्तै कुनै बिमानको ल्याण्डिंग गिएरमा बसेको मानिस गिएरमा फस्दा जिउ काटिएर उसका जिउका टुक्राहरु जमिनमा खसेका हुनसक्ने अनुमान गरियो ।

तर कुन विमानबाट यस्ता टुक्रा खसे र ती टुक्रा कुन देशका मानिसका हुन् भन्ने चाहीँ पत्ता लागेन । यो घटना झण्डै २ वर्ष पहिले भएको भएपनि अझैसम्म रहस्यको गर्भमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment