Comments Add Comment

ट्रम्पले चुनावी परिणाम स्वीकार गर्ने प्रतिबद्धता जनाउन मानेनन्

trump-vs-clinton

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ड्रम्पले आगामी नोभेम्बर ८ मा हुने निर्वाचनमा आफु पराजित भएमा निर्वाचन परिणाम स्वीकार नगर्न सक्ने संकेत गरेका छन् ।

डेमेक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनसँग भएको निर्वाचन अघिको तेस्रो तथा अन्तिम टेलिभिनज बहसमा ट्रम्पले कार्यक्रमका सहजकर्ता क्रिस बालेससँग भने, ‘म समय आएपछि तपाईंलाई भन्ने छु ।’ उनले दावी गरेकि यदि आफु पराजित भएको दिन आयो भने त्यो निर्वाचनमा पक्कै पनि ‘धाँधली’ भएको हुनुपर्छ ।

लस भेगसमा भएको तेस्रो टेलिभिजन बहसमा ट्रम्पले आफ्नो कडा शब्दको टिप्पणी जारी राखे । उनले आफ्नी प्रतिद्धन्दी हिलारीलाई ‘खराव आइमाई’सम्म भन्न भ्याए ।

यौन उत्पिडनको आरोप सार्वजिनक भएपछि ट्रम्पको आधार क्षेत्रहरुबाट पनि उनको लोकपि्रयता घटिरहेको सर्भेक्षणहरुले देखाएका छन् ।

दुवै प्रतिस्पर्धीले टिभी बहस सुरु हुनुभन्दा अघि र पछि एक अर्कासँग हात मिलाउन अस्वीकार गरेका थिए ।

टेलिभिजन बहसमा अमेरिकी अबैध आप्रवासी मुद्धा, अमेरिका रुस सम्बन्ध तथा इराक सिरिया मामलाको बारेमा पनि चर्चा भएको थियो ।

ट्रम्पमाथि लागेको यौन शोषणको मुद्धा हिलारीले बहसका क्रममा बारम्बार उठाइन् । हिलारीले आरोप लगाइन् कि ट्रम्प माफी माग्न चाहदैनन् र महिलाको सम्मान गर्न सक्दैनन् । उनी हिंसाको सराहना गर्दछन् ।

तर ट्रम्पले यौन शोषणसँग जोडिएको मुद्धामाथि लगाइएको आरोपको पूर्ण तवरले खण्डन गरेका ।
हिलारीले प्रतिबद्धता व्यक्त गरेकी छन् कि उनी महिलाको अधिकारीको रक्षा गर्नेछिन् । उनले यो पनि भनेकी छन् कि उनी एलजीवीटी समूदायको अधिकारको पनि रक्षा गर्नेछिन् ।

यता ट्रम्पले भने यदि आफु राष्ट्रपति भएमा अमेरिकी सुपि्रम कोर्टले बैध ठहर्‍याएको गर्भपतनको फैसला उल्ट्याउनेछन् ।

आप्रवासनको मुद्धामा ट्रम्पले अवैध आप्रवासीलाई आफ्नो मुलुक फर्काउने र अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने बताए । यता हिलरीले भने आफु परिवारको एक अर्काको अलग गर्ने कार्यको बिरोधमा रहेको बताइन् । राष्ट्रपति चुनिएमा उनले १०० दिनभित्र आप्रवासीको बारेमा इमिग्रेशन पोलिसी ल्याउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment