Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रको पहिलो सार्वजनिक भाषण (हेर्नुहोस् तस्वीर)

birat-hindu-sammelan-gyanendra-shah-6

४ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विहीबार पशुपति क्षेत्रमा अवस्थित वनकालीमा आयोजना गरिएको ‘विराट हिन्दु सम्मेलन’ मा भाषणका लागि उपस्थित भए । पूर्वराजाको यो पहिलो औपचारिक सार्वजनिक सम्वोधन हो ।

पूर्वराजाले सभालाई सम्वोधन गर्न लिखित भाषण लिएर आएका थिए । सभालाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरुप्रति लक्षित गर्दै निषेधको राजनीति नगर्न चेतावनी दिए ।

birat-hindu-sammelan-gyanendra-shah-8

पूर्वशाही पाश्ववर्ती एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष एवं अन्तरराष्ट्रिय विराट हिन्दु सम्मेलनका आयोजक भरतकेशर सिंहको आयोजनामा यो सभा गर्न लागिएको हो । सभाको शाहले पानसमा वत्ती बालेर उदघाटन गरेका छन् ।

यद्यपि यो सभामा हिन्दु राष्ट्रको अभियान चलाइरहेका खुमबहादुर खड्का र राप्रपा नेपाल लगायतको भने सहभागिता छैन । तर सभामा राप्रपा नेपालका सांसदहरू पनि देखिए । राप्रपा नेपालका सांसद कुन्ती शाही लगायत दर्शकदिर्घाको अघिल्लो पंक्तिमै बसेका थिए ।

birat-hindu-sammelan-gyanendra-shah-12

विश्व सम्मेलन भनिए पनि वनकालीमा पूर्वराजाको पहिलो सम्वोधन हुने सभामा उपस्थित जनसमुदाय भने खासै धेरै नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, कार्यक्रम हुँदै गर्दा मानिसहरु आउने क्रम पनि बढिरहेको थियो ।

हेर्नुहोस् कार्यक्रमस्थलमा केही तस्वीरहरु

birat-hindu-sammelan-gyanendra-shah-3

birat-hindu-sammelan-gyanendra-shah-1

birat-hindu-sammelan-gyanendra-shah-2
birat-hindu-sammelan-gyanendra-shah-7

birat-hindu-sammelan-gyanendra-shah-9

birat-hindu-sammelan-gyanendra-shah-10

birat-hindu-sammelan-gyanendra-shah-11

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment