शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

लोकमानको महाअभियोग संसदमा पेश नै भएन, संसद बस्दै नबसी स्थगित

अनलाइनखबर

Parliament-Building of Nepal
४ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको विहीबारको बैठक बस्दै नबसी स्थगित भएको छ । यो बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

माओवादी र एमालेका १५७ सांसदहरुले बुधबार कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै संसद सचिवालयले विहीबारको बैठकमा नै सो प्रस्ताव संसद बैठकमा पेश गर्ने गरी तयारी समेत गरेको थियो ।

तर, विहीबार संसद बैठक बस्नु केहि समय अघि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ । प्रमुख दलहरुबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख ओनसरी घर्ती निकट स्रोतले जानकारी दिएको छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित समेत गरेकी छन् ।

२०७३ कार्तिक ४ गते १३:०१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • dharma लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १३:०९

    katai lok man lai bachaune khel ta haina?

    5
    4
    Share

  • lahure dai लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १४:४४

    pari ko thuldai ko order nikai daro parale aayo jasto cha premika haru lai ..

    0
    0
    Share

  • अमिरमान शाक्य लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १३:३२

    लडाकु शिविर छानविन टेबलमा आयो भने आफु पनि ताँनिन बेर लाग्दैन बरु जसरी हुन्छ त्यो भन्दा पहिलानै महाअभियोग लगाएर हटाई हालु भनेर पनि हुनसक्छ ।

    1
    7
    Share

  • nagen लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १३:४३

    Pari bata gutungtung phone ayo holani sirsa netaharulai. khabardar tyatikai chhodlau yo khurapatilai, hami janatale heri rakheka chhau.

    4
    4
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १४:१०

    Nepali Congress le garda yeso bhaya ko hunu parcha……….aaba congress lai Nepali Congress na bhane ra Fataha Congress bhannu thik hola

    9
    7
    Share

  • gaule kta लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १४:३४

    lainchour ko mitra le game suru gare jasto cha

    1
    0
    Share

  • Hom Pradhan लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १४:५३

    Nepal is returning to Mandelakaran as it was in Kamal
    thapa’s regime. Loakman is a mandela above kamal mandela.

    1
    0
    Share

  • bijay लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १६:०१

    फेरी के नाटक हुन लागेको हो यो???

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this