मंगलबार, १५ चैत, २०७३
OnlineKhabar.com

सभामुख घर्तीको जेनेभा भ्रमण स्थगित

अनलाइनखबर

Onsari-Gharti

४ कात्तिक, काठमाडौं । सभामुख ओनसरी घर्तीको जेनेभा भ्रमण स्थगित भएको छ । अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन सभामुख घर्ती शुक्रबार जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित गरेकी हुन् ।

नेताहरुबीच छलफल आवश्यक रहेको भन्दै विहीबार बस्ने भनिएको संसद बैठकसमेत बस्दै नबसी स्थगित भएको छ । विहीबारको बैठकमा कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी थियो ।

२०७३ कार्तिक ४ गते १३:१४ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • romio लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १३:३४

    KUMAR LAMA LAI JHAI HOLA VANERA NA GAKI?????????????SABAI LAI THAHA 6.

    0
    2
    Share

  • Badri pun लेख्नुहुन्छ    |   २०७३ कार्तिक ४ गते १५:२५

    ल ल मेडम यात्रा स्थगित गर्नुभो राम्रो,अब यो छोडेको साँढे गोरु लोकमान लाई तह लगाउनु परयो यो अटेरीहरुले देश डुवाउने भो,

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this