Comments Add Comment

लोकमानबिरुद्धको महाअभियोग प्रस्ताव डा. केसीद्वारा स्वागत

Dr KC (4)

४ कात्तिक, काठमाडौं । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रक्रिया दर्ता भएकोमा डाक्टर गोविन्द केसीले स्वागत व्यक्त गरेका छन् ।

विहीबार बिज्ञप्ति जारी गर्दै महाअभियोग प्रक्रियालाई चाँडै निश्कर्षमा पुर्‍याएर कार्कीलाई बर्खास्त गर्न उनले सांसदहरुसँग आग्रह गरेका छन् ।

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै शिक्षण अस्पतालका चिकित्सक केसीले आमरण अनसनसमेत बसेका थिए ।

महाअभियोगको माग सम्बोधन भएपनि आफुहरुको अन्य माग सम्बोधन हुन बाँकी रहेको डा केसीले स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment