Comments Add Comment

देउवाको निश्कर्षः लोकमानको रक्षा गर्न गाह्रो छ

कांग्रेस बैठकमा कुन नेताले के भने ?

Sher-Bahadur-Deuba

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई आफूले बारम्बर सम्झाएको तर, नटेरेको गुनासो गरेका छन् । उनले जनमत लोकमानको विपक्षमा रहेको भन्दै उनको रक्षा गर्न गाह्रो भएको निश्कर्ष निकालेका छन् ।

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भोलिपल्ट बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा कार्कीप्रति आक्रमक देखिए । बैठकको शुभारम्भ गर्दा देउवाले प्रचण्ड र केपी शर्मा ओलीले महाअभियोग प्रस्तावबारे आफूसँग सामान्य छलफल गरेको बताए ।

तर, बैठक अन्त्य गर्ने बेलामा देउवा आक्रमकरुपमा प्रस्तुत भए । अख्तियार प्रमुख कार्कीले शाही आयोगले भन्दा बढी तर्साएको र संस्थालाई नै ध्वस्त पारेको आरोप लगाए । उनले बैठकमा भने, यसरी गर्न हुँदैन भनेर मैले कयौं पटक भनेँ । यसो गरे, यस्तो गरेपछि यस्तै ताल हुन्छ ।’

अहिले जनमत लोकमानविरुद्ध रहेको भन्दै देउवाले त्यसलाई पार्टीले पनि हेर्नुपर्ने बताएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । आवेगमा नभई जिम्मेवार भएर निर्णय लिनुपर्ने भन्दै देउवाले बैठकमा भने, उन (लोकमान) को रक्षा गर्न पनि गाह्रो छ, विपक्षमा जान पनि गाह्रो छ ।’

निर्वाचनबारे सहमति गर्न बोलाएको होला भनेर गएको त …

[sam_list] कांग्रेस सभापति देउवाले लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपूर्व बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सामान्य छलफल गरेको स्वीकार गरे । उनले अघि भने- ‘निर्वाचनबारे सहमति गर्न बोलाएको होला भनेर गएको त महाअभियोगको पो कुरा रहेछ । मैले पार्टीमा छलफल गर्छु भनेको थिएँ । तर, दर्ता भइसकेछ ।’

बुधबार राति १० बजे प्रधानमन्त्रीले फोन गरेपछि मात्रै आफूले महाअभियोग दर्ता भएकोबारे थाहा पाएको उनले बैठकमा बताएका छन् ।

बिहीबार विहानै प्रधानमन्त्री प्रचण्ड आफ्नो निवासमा आएको र, यसबारे उनको पार्टीमा पनि कुनै निर्णय र छलफल नभएको बताएको देउवाले बैठकमा सुनाए ।

लोकमानबारे कुन नेताले के भने ?

केन्द्रीय कार्यसमितिको बैठकमा नेता कृष्ण सिटौलाले लोकमानबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेर धारणा बनाउन सुझाव दिए । गगन थापा र विश्वप्रकाश शर्माले महाअभियोग प्रस्तावको समर्थन गरे ।

अर्का नेता रामशरण महतले लोकमानमाथि लगाइएका अभियोगहरुबारे जानकारी समेत नरहेको भन्दै आवेगमा समर्थनको निर्णय गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment