Comments Add Comment

शशांकलाई कृष्ण सिटौलाको चेतावनीः हिन्दु धर्मको गलैँचामा टेकेर राजा भित्र्याउन खोजियो

shasanka-and-krishna-sitaula

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा दिएको अभिव्यक्तिबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कडा आलोचना भएको छ ।

विहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र स्वास्थ्यमन्त्री गगन थापाले महामन्त्री शशांकको अभिव्यक्तिमाथि आपत्ति जनाए । पार्टीको महाधिवेशनले पास गरेका विषयमा प्रश्न उठाउन नपाइने धन्दै उनीहरुले महामन्त्री कोइरालाको आलोचना गरे ।

सिटौलाले महामन्त्री कोइरालातर्फ लक्षित गर्दै संविधानको मौलिक विषयमाथि पार्टी पदाधिकारीहरुबाट टीकाटिप्पणी हुनु राम्रो नभएको बताए । सिटौलाले बैठकमा भने, हिन्दु धर्मको गलैँचामा फेरि राजतन्त्र फुलाउन खोजिएको छ, यो हाम्रा पदाधिकारी साथीहरुले बुझ्न जरुरी छ ।’

बैठकमा नेता गगन थापाले कांग्रेसले संविधान स्वीकार नगरेको हो कि भनेर प्रश्न गरे । आफ्नै नेतृत्वमा जारी भएको संविधानमा थपेर जान खोजेको कि स्वीकार नै नगरेको ? थापाले प्रश्न गरे – संविधान कार्यान्वयन नगरौं, हामीलाई चाहिएको छैन भन्न खोजेको हो ?’

पार्टी नेताहरुबाट बेला बेला आउने यस्ता अभिव्यक्तितर्फ संकेत गर्दै थापाले कुनै एउटा विषयमा जनमत संग्रह हुन नसक्ने बताए । धेरै नेताले मधेसको माग पूरा गर्नुपर्छ भनेको तर, सीमांकन चलाउँदा मेरो जिल्ला छुन पाउँदैन भन्ने गरेको भन्दै थापाले विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment