Comments Add Comment

बिहीबारका टप १० समाचारः लोकमानको दुर्भाग्यदेखि माओवादीको धुकचुकसम्म

आज बिहीबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. महाअभियोगको भित्री कथाः एमालेसँग जिस्किनु नै लोकमानको दुर्भाग्य

सर्वोच्च अदालतले आफूमाथि गरेको एक्शनको रनाहामा परेका लोकमान प्रचण्ड भारतबाट नर्फकँदै माओवादीतिर जाइलाग्न खोजेका थिए, जुन उनका लागि प्रत्युत्पादक भयो ।

२. पूर्वराजा ज्ञानेन्द्रको आफ्नै अनुभवः निषेधले विद्रोह जन्माउँछ !

birat-hindu-sammelan-gyanendra-shah-5

मुलुकमा राजनीतिक माहौल तातिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि विहीबार नयाँ स्वरुपमा देखा परे । पूर्वरानी कोमलसँगै पशुपति परिसरको वनकालीमा हिन्दु धर्मावलम्बीको सभालाई सम्बोधन गर्न पुगेका पूर्वराजाले ‘निषेधको राजनीतिले असन्तुलन र विद्रोह जन्माउँछ’ भनिरहँदा विगतमा उनले चालेको निरंकुश कदमको सम्झना गर्न सकिन्थ्यो ।

३. देउवाको निश्कर्षः लोकमानको रक्षा गर्न गाह्रो छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई आफूले बारम्बर सम्झाएको तर, नटेरेको गुनासो गरेका छन् । उनले जनमत लोकमानको विपक्षमा रहेको भन्दै उनको रक्षा गर्न गाह्रो भएको निश्कर्ष निकालेका छन् ।

४. लोकमान कसरी चार दल र खिलराजका साझा भएका थिए ?

संवैधानिक अंगका पदाधिकारीको मूल कर्तव्य भनेको राज्यको प्रणालीलाई बलियो र मर्यादित बनाउने हो । तर, जुन व्यक्ति राज्यले अपनाएको प्रणालीकै बिरोधी छ, उसले संवैधानिक अंगको प्रमुखको दायित्व निभाउन सक्दैन ।

५. लोकमान प्रकरणमा कांग्रेसः ‘ड्यामेज कन्ट्रोल’ गर्ने कि ‘डिजास्टर’ स्वीकार्ने ?

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सबैको प्रश्न अब कांग्रेसले के गर्छ ? भन्नेतिर केन्द्रित भएको छ । तर, महाअभियोग प्रस्तावलाई लिएर कांग्रेस नेताहरु भने ‘आश्चर्य’मा परेका छन् ।

६. माओवादीकी एक्ली सांसद लोकमानसिंहको पक्षमा

महाअभियोगप्रति असहमति जनाउने रुपा समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा आफ्नो समर्थन नरहेको सार्वजनिक घोषणा गरेकी छिन् ।

७. अख्तियारभित्रै लोकमानको मुद्दा १२ वर्षसम्म गुपचुप !

अख्तियारको १५ औं वार्षिक प्रतिवेदन तपाईले पढ्नुभएको छ ? १२ वर्ष पहिलेको सो प्रतिवेदनमा उल्लेखित भ्रष्टाचारसम्बन्धी केही व्यक्तिका मुद्दा अहिलेसम्म मुल्तवीमा राखिएका छन्, जसमा अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त दीप बस्न्यातको समेत नाम छ ।

लोकमानसिंह कार्कीविरुद्ध बुधबार साँझ संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि हामीले विहीबार माओवादी केन्द्रका केही नेतालाई यसको रहस्यबारे सोध्यौं । नाम उल्लेख नगर्ने शर्तमा कुराकानी गर्न तयार भएका उनीहरुभित्र महाअभियोगको प्रश्नमा केही धुकचुक देखियो ।

९. एफएनसीसीआईमा आगामी कार्यकालका लागि भवानी राणा स्वतः अध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्षका लागि स्वतः भवानी राणा हुने बाटो खुला भएको छ ।महासंघले बिहीबार बोलाएको विशेष साधारण सभामा उपस्थित ९० प्रतिशत भन्दमा बढीले महासंघले पेश गरेको विधान संशोधन गरेपछि यो बाटो खुलेको हो ।

१०. जानिराखौं मोटोपनका १० कारण

आजको विश्वमा एकातिर भोकमरीको समस्या बढ्दो छ भने अर्कातिर खान नजान्नु पनि समस्याका रुपमा रहेको छ । खान नजान्नुको परिणाम हो, मोटोपन बढ्नु ।

र, यो पनि

जहाँ बिहे गर्नका लागि केटीहरुले आफ्नो कौमार्य भंग गर्नुपर्छ

अविवाहित नारीहरुको लागि कुमारित्वलाई निकै महत्व दिइन्छ अहिले पनि हाम्रो समाजमा । कुमारित्व भंग भएका अविवाहित नारीहरुको चरित्रमाथि प्रश्न उठाइन्छ । तर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment