Comments Add Comment

स्वाधीन अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग हातेमालोः अर्थमन्त्री महरा

krishnabahadur-mahara
४ कात्तिक, बुटवल । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकार स्वाधिन अर्थतन्त्र निर्माणका लागि निजि क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएका छन् । मन्त्री महराले नेपाल साधन श्रोतमा सम्पन्न भएको भन्दै सरकार उद्योगी व्यवासायीलाई सघाउन तयार रहेको बताए ।

नेपाल उद्योग व्यापार संगठन बुटवलको आयोजनामा विहिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय औद्योगिक कृषि तथा पर्यटन महोत्सत्व तथा प्रथम तिहार महोत्सवका को उद्घाटन गर्दै अर्थमन्त्री महराले नेपालको अर्थतन्त्रलाई स्वाधिन र आत्मनिर्भर बनाउन आफू सधैभर तयार रहेको बताएका छन् ।

नेपालको श्रमशक्ति अन्य देशमा पलायन भइरहेको स्विकार गर्दै अर्थमन्त्री महराले त्यसको अन्त्यका लागि मुख्य दल सहित उद्योगी, व्यवसायी र नागरिक समाजको सहयोग आवश्यक रहेको बताए ।

२० बर्षदेखि राजनितिक अस्थिरताले अर्थतन्त्र र उद्योग व्यवसायमा ठूलो असर परेकाले सरकार निति निर्माणदेखि उद्योग व्यवसायलाई प्रबर्द्धन गर्ने खालका कार्यक्रम ल्याउने योजनामा रहेको मन्त्री महराको भनाइ छ ।

सरकारसँग तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको भन्दै त्यसको तयारीमा लागिरहेको मन्त्रीको भनाई छ ।
हरेक समस्याको निकास अबको १४ महिनाभित्रमा स्थानीय निकाय, संघिय प्रदेश र संसदको निर्वाचन गरेर मात्र हल हुने उनले बताए । ‘अब तीन तहको निर्वाचन नभए मुलुककै भविष्य खतरामा छ’ उनले भने -‘त्यसैले अब चैतसम्म जसरी पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारले तयारी गरेको छ ।’

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामकुमार पाठक, बर्तमान अध्यक्ष कृष्ण आचार्य, केन्द्रीय सदस्य खिमनारायण पराजुली, बुटवल उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष गणेश अधिकारी, रुपन्देही व्यापार संघका अध्यक्ष मोती पाण्डेले उद्योगी व्यवसायी उर्जासंकटसँगै नितिगत समस्यामा रहेको भन्दै उद्योग सञ्चालनको वातावरण बनाउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment