Comments Add Comment

उद्योगमन्त्री जोशी र अमेरिकी राजदूतबीच भेटवार्ता

nabindraraj-joshi
४ कात्तिक, काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपालका लागि अमेरिकी राजदूत एलैना बि टेप्लिजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरु बीच भएको भेटवार्तामा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको वर्तमान अवस्थामा आर्थिक समृद्धि हासिल गर्न उद्योग मन्त्रालय लगानीको वातावरण बनाउन क्रियाशील रहेको बताए ।

सो अवसरमा मन्त्रीले लगानीकर्तालाई आश्वास्त बनाउन मन्त्रालयले नीतिगत सुधार र औद्योगमैत्री वातावरण बनाउन लागि परेको जानकारी गराएका थिए ।

उद्योगमन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र-सेज) र औद्योगिक व्यावसाय प्रवर्द्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको जानकारी गराए ।

भेटका अवसरमा मन्त्री जोशीले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्टरुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवर्द्धनका लागि लगानी प्रवर्द्धन बोर्डको स्थापना गरेको उल्लेख गरे ।

त्यसैगरी गैरआवासीय नेपालीको लगानीमा थप सहजता, विदेशी लगानीको प्रवेश र बहिर्गमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीतिमा उल्लेख भएको मन्त्री जोशीले राजुदुतलाई जानकारी गराएका थिए ।

भेटमा अमेरिकी राजदूत टेप्लिजले उद्योग मन्त्रालयको अहिलेको कार्यप्रति सन्तोष व्यक्त गर्दैै नेपालको आर्थिक विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताएका थिए ।

नेपालमा उद्योग विकासको प्रशस्त सम्भावना रहेको भन्दै राजदूत टेप्लिजले आर्थिक विकासका लागि व्यावसायिक वतावरण बन्न जरुरी रहेको जोशीलाई आग्रह गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment