Comments Add Comment

‘रोमियो’ घोषणा, नीशा भन्छिन्-‘म जस्तो केटीलाई नसुहाए कसलाई सुहाउँला ?’

romeo-team-4
लामो समयपछि निर्माता तथा नायक हसनराजा खानले चलचित्र ‘रोमियो’को औपचारिक घोषणा गरेका छन् । आउँदो सातादेखि यो चलचित्र फ्लोरमा जानेछ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकारको उपस्थितीमा चलचित्र घोषणा गरियो । यो चलचित्रलाई नव-निर्देशक शंकर कार्कीले निर्देशन गर्दैछन् । सुरेश न्यौपाने, सुवास सुवेदी र रामकुमार श्रेष्ठ चलचित्रका सह-निर्देशक हुन् । चलचित्रमा मेलिना मानन्धर, हसनराज खान, नीशा अधिकारी, भानुप्रताप ढकाल, ओसिमा बनु, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचिमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ । कार्यक्रममा नायिका नीशा अधिकारीले आफू जस्ती केटीलाई यो चलचित्रको भूमिका नसुहाएँ कसलाई सुहाउँछ भन्दै जवाफ दिइन् । उनले आफ्नो भूमिका च्यालेञ्जिङ भएको भन्दै दर्शकलाई चित्तवुझ्ने काम गर्ने बताइन् ।
romeo-team-2romeo-team-5
लामो समयपछि पर्दामा देखिन लागेकी नायिका मेलिना मानन्धरले धेरै चलचित्रको अफर अस्विकार गरेपनि यसको कथावस्तु मन परेकाले काम गर्न लागेको बताइन् । उनले छोरी हुर्काउन परेकाले आफू केही समय पर्दाबाट टाढा भएको बताइन् । नायक तथा निर्माता हसनराजा खानले टिम राम्रो भएकाले पनि चलचित्र दर्शकलाई मनपर्ने बनेर आउने बताए । नव-निर्देशक शंकर कार्कीले यो एउटा प्रेम कथामा निर्माण हुन लागेको चलचित्र बताए ।

यसैविच, चलचित्रमा समावेश ल्याङ-ल्याङ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । यो अडियोको भिडियो बनाउनेमध्ये एकजनाको भिडियोको स्टेपलाई गीतको भिडियोमा समावेश गरिने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment