Comments Add Comment

फिनरबाचेमाथि युनाइटेडको सहज जित

paul-pogba५ कात्तिक, काठमाडौं । पल पोग्बाको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले युरोपा लिग फुटबलमा फिनरबाचेमाथि सहज जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा युनाइटेडले फिनरबाचेमाथि ४-१ गोलअन्तरको जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा वायन रुनी टोलीमा फर्किएका थिए । तर, टर्किस क्लबले दुई पेनाल्टीको अवसर नदिँदासम्म म्यानचेष्टर युनाइटेडले गोलको अवसर खासै सृजना गरेका थिएन ।

३१ औं मिनेटमा पाएको पेनाल्टीमा पोग्बाले र ३४ औं मिनेटमा मार्टिलले गोल गरे । पहिलो हाफको अन्त्यतिर पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुमा नै युनाइटेडका लिनगार्डले गोल गरे । ८३ औं मिनेटमा रोविन भानपर्सीले आफ्नो पूर्वक्लबविरुद्ध गोल गरेपनि फिनरबाचेका लागि त्यो सान्त्वना मात्र हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment