Comments Add Comment

के हो त्रिदेशीय साझेदारी ? पूर्वराजदूतका केही टिप्स

चीन बोलिसक्यो, अब भारत भाग्न सक्दैन

tanka-karki-2५ कात्तिक, काठमाडौं । नेपाल, चीन र भारतबीच ढीलोचाँडो त्रिदेशीय साझेदारी हुने कुरामा अब धेरै आशंकाहरु राख्न जरुरी छैन । भारतको संस्थापन पक्ष अझै पनि शीतयुद्धकालीन मानसिकतामा भएका कारण तत्काल सम्भव नहुन सक्छ, तर त्यहाँका थिंक ट्यांकहरुले त्रिदेशी साझेदारीको आवश्यकता औंल्याइसकेका छन् ।

चीन आतुरः भारत भाग्दै

त्रिदेशीय साझेदारी नेपालका लागि रणनीतिक महत्वको एजेण्डा हो । चीनले पनि यसलाई प्राथमिकता दिइसकेको छ । भारत किन अझै डराइरहेको छ ? यो आफैंमा रहस्मय छ । एक त भारत अझै पनि शीतयुद्धकालीन मानसिकता र औपनिवेशिक चिन्तनबाट माथि उठ्न सकेको छैन । दोस्रो कुरा भनेको नेपालमा चीनको संलग्नताबाट भारत सधैं सशंकित हुने गरेको छ ।

पछिल्लोपटक गोवामा संयोगवश भएको त्रिपक्षीय भेटलगत्तै आएका समाचारमा भारतले तत्कालै प्रतिक्रिया दिनु र त्रिदेशीय छलफल भएको होइन भनेर खण्डन गर्नुले पनि भारत अझै तयार भइसकेको छैन भन्ने प्रष्ट हुन्छ । तर, चीनले त औपचारिक रुपमा त्रिदेशीय सहकार्य आवश्यक छ भनिसक्यो । यो हाम्रा लागि सुखद कुरा हो ।

ओली र प्रचण्डको प्रयासः मोदी-सी जिनपिङ वार्ता

त्रिदेशीय साझेदारीको विषय अब तीनै देशको राजनीतिक नेतृत्वको तहमा छलफलको विषय बनिसकेको छ । केपी ओली प्रधानमन्त्री भएर बेइजिङ जाँदा उहाँ र सी जिनपिङबीच यस विषयमा कुरा भएकै हो । नरेन्द्र मोदी र सी जिनपिङबीच पनि त्रिदेशीय सहकार्यको कुरा भएकै हो ।

पछिल्लो पटक प्रचण्डले तीनैजना नेता भएको ठाउँमा यो कुरा उठाएका छन् । त्यसैले अब त्रिदेशी साझेदारीको विषय तीनै देशको राजनीतिक तहबाट टुंगो लाग्नमात्रै बाँकी छ, बहस पर्याप्त भइसकेको छ ।

modi-prachanda-xiचीन र भारत दुवैतिरका थिंक टयांक र नीति निर्माताहरुले पनि बुझेका छन् । यो विषय नेपालको रणनीतिक पोजिशनका निम्ति महत्वपूर्ण हो भनेर सबैले भनेका छन् ।

चीनले जसरी यसलाई महत्व दिएको छ, यसबाट हामी खुशी हुनुपर्छ । यो क्षेत्रको स्थायित्व र विकासका लागि त्रिदेशीय साझेदारी आवश्यक छ भनेर दुवैतिरका विद्धानहरुले बहस गरिरहेका छन् ।

भारतका थिंक ट्यांक के भन्छन् ?

भारतको संस्थापन पक्ष रिजिड देखिए पनि बौद्धिक तप्काले सकारात्मक बहस सिर्जना गरेको छ । भारतको सुरक्षा मामिला अध्ययन प्रतिष्ठानका एकजना थिंक ट्यांक पी स्टपगनले हालै यसबारेमा महत्वपूर्ण धारणा दिएका छन् । उनको धारणाको गम्भिर अर्थ हुन्छ ।

त्रिदेशीय समझदारी शब्द अहिले मात्रै चर्चामा आएको होइन । मैलेचाहिँ सन् २०१० मा भाष्कर कोइरालाबाट यसबारे बुझ्ने मौका पाएँ । म चीनको राजदूत भएका बेला त्रिदेशीय साझेदारीका सन्दर्भमा औपचारिक र अनौपचारिक तहमा छलफलहरु चलाएको हुँ

उनले भनेका छन्- Make no mistake of understanding the strategic value of Nepal to Asian istablity. एशियाको स्थिरता र विकासका लागि नेपाल रणनीतिक स्थानमा छ भन्ने बिभिन्न थिंग ट्यांकहरुले भनिरहेका छन् । त्यसैले भारत पनि ढीलो-चाँडो त्रिदेशीय साझेदारीमा आउन बाध्य हुनेछ ।

बहादुरको बुझाइमा भिन्नता

आखिर बंगलादेश, श्रीलंकामा चीन प्रवेश गर्दा भारतलाई कुनै टाउको दुःखाइ छैन भने नेपालका सन्दर्भमा सधैं किन साँघुरो सोच राख्छ ? खासमा भारत र नेपालबीच बहादुर भन्ने शब्दको बुझाइमै भिन्नता छ । हामी बहादुरको अर्थ सूरवीर भन्ने बुझ्छौं । भारतले बहादुर भनेको दरवान र कुल्लीभन्दा माथि बुझ्नै सकेको छैन ।

नेपालसँग त्रिदेशीय सहकार्यको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ । भारतले नेपालमा आफ्नो मात्रै हक हुनुपर्छ भन्ने उपनिवेशकालीन चिन्तन हटाउनुपर्छ । नेपालीहरु दरवान र कुल्लीमात्रै हुन् भन्ने चिन्तनले बिगारेको हो ।

के हो त त्रिदेशीय साझेदारी ?

त्रिदेशीय सहाकार्य भनौं वा त्रिदेशीय समझदारी भनौं, यो शब्द अहिले मात्रै चर्चामा आएको होइन । मैलेचाहिँ सन् २०१० मा भाष्कर कोइरालाबाट यसबारे बुझ्ने मौका पाएँ । उनी अत्यन्त राम्रा युवा स्कलर हुन् । म चीनको राजदूत भएका बेला त्रिदेशीय साझेदारीका सन्दर्भमा औपचारिक र अनौपचारिक तहमा छलफलहरु चलाएको हुँ ।

मान्छेले बुझ्ने भाषामा भन्नुपर्दा त्रिदेशी साझेदारीको सार भनेको नेपालको स्रोत, चीनको पुँजी र भारतको बजारको त्रिवेणी नै हो  । लुकाउनुपर्ने कुरा छैन, मुख्य प्राथमिकता नेपालकै हो

यो क्षेत्रको विकास र स्थायित्वका लागि चीनको प्रष्ट दृष्टिकोण आइसकेको छ । त्रिदेशीय साझेदारीको मुख्य रणनीति भनेकै नेपालको आर्थिक सम्बृद्धि नै हो । यसमा दुई विशाल छिमेकीको बजार र लगानी आवश्यक छ ।

आम मान्छेले बुझ्ने भाषामा भन्नुपर्दा त्रिदेशी साझेदारीको सार भनेको नेपालको स्रोत, चीनको पुँजी र भारतको बजारको त्रिवेणी नै हो  । लुकाउनुपर्ने कुरा छैन, मुख्य प्राथमिकता नेपालकै हो ।

नेपाललाई किन चाहियो साझेदारी ?

नेपाल ठूलो प्राकृतिक स्रोतहरु भएको मुलुक हो । हामीसँग अथाह जलस्रोत र प्राकृतिक सम्पदाहरु छन् । बायो डाइभर्सिटी भएको मुलुक हो । जुन कुरा भारत र चीनसँग छैन ।

तर, हामीसँग पुँजी पनि छैन, बजार पनि छैन । त्यसैले ती स्रोत र सम्पदाको उपयोगका लागि हामीलाई ठूला छिमेकीको साथ चाहियो । चिनियाँ पुँजी, नेपाली स्रोत र भारतीय बजार समायोजन भयो भने तीनै देशलाई फाइदा हुन्छ । यसमा त्रिदेशीय सहकार्यबाट आर्थिक सम्बृद्धि सम्भव छ ।

त्रिदेशीय सहकार्य वा साझेदारी हुने भनेको आर्थिक एजेण्डामै हो । अब विश्वकै एजेण्डा भनेको शान्ति र विकास हो । नेपालको स्थिरता र विकास दुवै छिमेकीका लागि आवश्यक छ भने त्रिपक्षीय साझेदारी किन नगर्ने ? यो प्रश्न हामीले भारतलाई राख्नुपर्छ ।

आखिर हाम्रो हैसियत भारत र चीनलाई भिडाउने वा अप्ठेरो पार्ने छैन । हाम्रो सर्वोपरि आवश्यकता भनेको दुवैसँग समधुर सम्बन्धमा रहने हो । हाम्रो आर्थिक सामाजिक विकासमा दुई ठूला छिमेकीलाई इंगेज गर्ने बाहेक हाम्रो अरु कुनै स्वार्थ हुन सक्दैन ।

नेपाल र भारतबीच अहिले प्रवुद्ध समूह बनेजस्तै त्रिदेशीय संयन्त्र बनाएर काम गर्न सकिन्छ । तर, त्यसअघि चीनले भारतको डर हटाउनुपर्छ

केरुङ-ठोरी जोडौंः त्रिदेशीय सहकार्य गरौं

त्रिदेशीय साझेदारीले भारत र चीनलाई पनि धेरै फाइदा हुन्छ । अहिले भारतको रेल वे सेवा नेपालको ठोरीभन्दा पारिसम्म आइसकेको छ । चीनको रेलवे सेवा केरुङसम्म आउँदैछ । त्रिदेशीय साझेदारीको एउटा रणनीतिक विषय यो पनि हो ।

केरुङबाट ठोरीसम्म रेल जोडियो भने भारत र चीन नजिकिनेछन् । यसले हामीलाई मात्र फाइदा हुँदैन, उनीहरुलाई झन् ठूलो फाइदा हुन्छ । यो कुरा चीनले भारतलाई बुझाउँदैछ ।

कसरी हुन्छ त्रिदेशीय सहकार्य ?

त्रिदेशीय साझेदारीको विषय कार्यान्वयनमा ल्याउनका लागि सबैभन्दा पहिले राजनीतिक समझदारी हुनुपर्छ । त्यसपछि एजेण्डा टुंगो लगाउनुपर्छ । त्यसका लागि कुनै संयन्त्र बनाउन पनि सकिन्छ । जस्तो नेपाल र भारतबीच अहिले प्रवुद्ध समूह बनेजस्तै त्रिदेशीय संयन्त्र बनाएर काम गर्न सकिन्छ । तर, त्यसअघि चीनले भारतको डर हटाउनुपर्छ ।

नेपालले पनि भारतका आशंकाहरु छन् भने तिनको निवारण गर्नुपर्छ । तर, भारतले आफ्ना आशंका र चासोहरु खुलस्त राख्नुपर्‍यो । एउटा कुराचाहिँ अब के प्रष्ट भइसकेको छ भने- त्रिदेशीय साझेदारीबाट भारत भाग्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment