Comments Add Comment

दश वर्षको जेल सजाय, तर उनी हाँसिरहे

dodi-suridi५ कात्तिक, काठमाडौं । इन्डोनेशियामा एक व्यक्तिलाई बम हमलामा भूमिका खेलेको भन्दै दश वर्षको जेल सजाय तोकिएको छ ।

जाकर्तामा जनवरीमा भएको बम हमलामा चार जनाको मृत्यु भएको थियो, जसमा आइएसको संलग्नता रहेको बताइएको छ ।
२३ वर्षका डोडी सुरिदी, जसको सम्बन्ध इस्लामिक स्टेट बताउँने वाला समूहसँग छ, हमलामा प्रयोग गरिएको बम बनाउँन मद्दत गरेका थिए ।

डेडीले फैसलाको स्वीकार गरेका छन् र, ‘आतंकवादी हुने खतरा’ स्वीकार गरेका छन् । हमलाको दोस्रो दिन सुरिदीलाई गिरफ्तार गरिएको थियो ।

त्यस्तै ४८ वर्षका अली हमकालाई बम तथा गोला बारुद जुटाउन  मद्दत गरेको आरोपमा चार वर्षको कैद सजाय भएको छ ।
अदालतबाट बाहिरिने क्रममा सुरिदीले ‘अल्लाहू-अकबर’ नारा लगाएका थिए । पत्रकारतर्फ हेर्दै उनी मुस्कुराएका थिए ।
दुवै जनाले एक औंला हावामा माथि देखाए, जसलाई आइएससँग जोडेर हेर्ने गरिएको छ ।

जनवरीमा भएको हमला दक्षिण पूर्वी एशियाको पहिलो आइएससँग सम्बन्धित बम हमला भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment