Comments Add Comment

ताप्लेजुङमा दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

५ कात्तिक, ताप्लेजुङ । दुई थान भरुवा बन्दुकसहित ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Bharuwa-Bandukताप्लेजुङ चागे २ तिलबारीका ४३ वर्षीय दुर्गा विश्वकर्मालाई दुई थान भरुवा बन्दुकसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

विश्वकर्मालाई जिल्लाकै सावादिन ६ स्थित खड्गबहादुर खड्काको आरनबाट २ थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने बट २ थान, फलामको नाल २ थान, औजार १ थानसहित पक्राउ गरेको ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए ।

भरुवा बन्दुकसहित पक्राउ परेका सापकोटालाई लिङ्खिम गाविसमा रहेको प्रहरी चौकी सिवामा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरील बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment