Comments Add Comment

प्रेममा रहेका उषा र सुधांशु बिहे गर्ने तयारीमा

usha-paudel-and-sudamsa-joshi
लामो समयदेखि अमेरिकामा बस्दै आएका कलाकार सुधांशु जोशी र केही बर्ष अगाडि मात्र अमेरिका पुगेकी नायिका उषा पौडेल अहिले प्रेममा छन् । विगत ३-४ महिनादेखि यी दुई प्रेममा रहेको वुझिएको छ ।

पहिलो विवाह असफल भएपछि एक्लो जीवन विताइरहेका सुधांशु र नायिका उषा पौडेल केही महिनादेखि नजिक भएका थिए । यसपछि, प्रेममा रहेका यी दुई बिहेको तयारीमा पनि रहेको वुझिएको छ ।

मिडियामा मंसिर ९ गते यी दुइले बिहे गर्न लागेको खबर सार्वजनिक भैरहेका छन् । बिहे मंसिरमा हुने पक्का जस्तै छ, तर मिति तय नभएको जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ ।

विगत ८ बर्षदेखि सुधांशु एक्लो जीवन विताइरहेका छन् । उनै सुधांशुलाई साथ दिन उषा तयार भएकी हुन् । नेपाली चलचित्र हुँदै भारतीय सिरियलमा अभिनय गर्न पुगेकी उषा अमेरिका पुगेकी थिइन् ।

यता कलाकार सुधांशुले अनलाइनखबरसँग भने-‘उषा र म राम्रो साथी मात्र हौं । विवाहको विषयमा कुनै कुरा भएको छैन ।’ उषासँग अमेरिकामै चिनाजानी भएको बताउने सुधांशुले आफू सहयोगी र कमलो मन भएको मान्छे भएकाले उषाको साथी बनेको बताए । ‘हामी अहिले राम्रो साथी हौं, बेला-बेलामा कुराकानी पनि हुन्छ ।’

यदि विवाह गर्ने योजना नै बन्यो भने साथीभाई र मिडियालाई खबर गरेर मात्रै अघि बढ्ने उनको योजना छ । केहि चलचित्रमा अभिनय गर्ने तयारीमा रहेका सुधांशुले चार महिनापछि नेपाल आउन लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment