Comments Add Comment

सना भन्छिन्-‘चुम्बन र बेडसिनका दृश्यमा किन आपत्ती ?’

sana-khan-hot-snapshot
चलचित्र ‘वजह तुम हो’मा मुख्य भूमिका निर्वाहा गरेकी बलिउड नायिका सना खानको बोल्ड अवतारले अहिले चर्चा पाइरहेको छ । उनले दिएको दृश्यलाई लिएर बलिउडकै मानिसहरुले आलोचना पनि गरिरहेका छन् । बलिउडकै मानिसहरुले नै आलोचना गरेपछि सनाले यसको खुलेरै खण्डन गरेकी छिन् ।

उनले मिडियासँग कुरा गर्दै भनिन्-‘मलाई निकै अचम्म लाग्छ, जब बलिउडकै मानिसहरु यो बिषयमा कुरा गर्छन् । यो एकदमै हाँस्यास्पद र दुख लाग्दो कुरा हो । आज हरेक चलचित्रमा चुम्बनको दृश्य हुन्छ । मैले वुझेको छैन कि अन्तरंग दृश्यमा यति धेरै हल्ला किन हुन्छ ?’

सनाले अगाडि भनिन्-‘भारतमा जसरी मानिसहरु ओपन भैरहेका छन्, यसले अन्तरंग दृश्यहरुलाई लामो समयसम्म रोक लगाउन सकिने छैन । मैले दिएको दृश्य कथाको माग हो । आज हामी पश्चिमेली संकृतीलाई अंगाली रहेका छौ । हामी हलिउड चलचित्र हेर्न रुचाउँछौ । जब हामी हरेक कुरामा खुल्ला छौ भने अन्तरंग दृश्यमा किन बबाल गर्दैछौ ।’

सनाले यस्तो दृश्य दिएपछि अहिले उनी बलिउडमा टिक्ने उपायको पछि लागेको भन्दै आलोचना भैरहेको छ । सनाले यस्तो आलोचना पहिले पनि भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment