Comments Add Comment

गुडिरहेको बसबाट त्रिशुलीमा हाम्फालेर एक व्यक्ति बेपत्ता

Ghopte-Vir,-Trishuli

५ कात्तिक, चितवन । चितवनको घोप्टेभिरमा गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान साढे दुर्इ बजेतिर दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन्। भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नम्बरको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन्।

उनको अहिलेसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ। उनी भिर भएको क्षेत्रमा हाम्फालेकाले त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ। गाडीमा रहेका उनका आफन्त अमर श्रेष्ठलाई उद्धृृत गर्दै प्रहरीले उनी केही मनोरोगी भएको जानकारी दिएको छ।

खोजी जारी रहेको प्रहरीले जनाएको छ। अघिल्लो महिनामा त्यही घोप्टेभिर क्षेत्रबाट पूर्वगृहमन्त्री माधव घिमिरेसहित उहाँका आफन्त सवार गाडीसमेत दुर्घटना हुँदा गाडीसहित तीनजना बेपत्ता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment