Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड र मन्त्री झाङबीच भेटवार्ता

५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले शिष्टाचार भेट गरेका छन् ।

prachand-and-jhang-maoप्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे ।

नेपाल र चीनबीच सदियौंदेखिको सुमधुर सम्बन्धको स्मरण गर्दै उनले आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने बताउनु भएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार चीनले अघि बढाएको ‘वान वेल्ट वान रोड’को सर्हाना गर्दै त्यसमा नेपालले सहभागी भई लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा मन्त्री झाङले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको बताउँदै चिनीयाँ कम्पनीका लागि यहाँ काम गर्ने राम्रो वातावरण भएकोमा खुशी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment