Comments Add Comment

भुजेल समाज युएईद्वारा मुटुरोगीलाई सहयोग

bhujel-samaj

झापा । प्रवासी भुजेल समाज समिति युएईले सुरुङ्गाकी मुटुरोगी दुर्गादेवी भुजेलको उपचारार्थ ७४ हजार रुपैयाँसहयोग गरेको छ ।

विगत ९ वर्षदेखि मुटुको समस्याबाट पीडित दुर्गादेवीको आर्थिक अभावकै कारण तत्काल अप्रेशन गरेर मुटुको भल्भ फेर्न नसकिएकाले आर्थिक सहयोगको अपील आएपछि भुजेल समाजले सहयोग गरेको हो ।

सहयोगपछि उनको शल्यक्रिया गरेर भल्भ फेरिसकिएको छ । दाताबाट प्राप्त आर्थिक सहयोगबाटै मुटुको भल्भ फेर्न सफल भएको र स्वस्थ्य भएकोमा दुर्गादेवीले खुसी व्यक्त गरिन् ।

सन् २०१२ मा युएईमा रहेका भुजेलहरुको भेलाबाट भुजेल समाजको स्थापना गरिएको समाजका केन्द्रीय सदस्य पदम भुजेलले जानकारी दिए ।

समाजका केन्द्रीय उपाध्यक्षमा सूर्यबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा भुजेल समाज सेवा समिति झापाका संस्थापक अध्यक्ष भीम खवासको प्रमुख आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment