Comments Add Comment

अमिताभ डेढ बर्षसम्म प्याक, अभिषेक र ऐश्वर्याको भने हात खाली

amitabh-abhisek-and-ais
हालै मात्र आफ्नो ७४ औं जन्मदिन मनाएका बलिउड नायक अमिताभ बच्चनको हातमा प्रोजेक्टको कुनै कमी छैन । उनी डेढ बर्षसम्म टीभी शो, चलचित्र र विज्ञापनमा व्यस्त हुनेछन् । तर, अमिताभका छोरा नायक अभिषेक बच्चनको हातमा कुनै पनि प्रोजेक्ट छैन । न त उनीसँग विज्ञापन नै छ ।

चलचित्र ‘ए दिल हे मुश्किल’ बाहेक नायिका ऐश्वर्या रायसँग नी कुनै प्रोजेक्ट छैन । ऐश्वर्या र उनका पति अभिषेक बच्चनको करिअर सुमधुर तरिकाले अगाडि बढ्न सकेको छैन । तर, ७४ बर्षका अमिताभ भने दैनिक लाखौ कमाइरहेका छन् ।

अमिताभ अहिले चलचित्र ‘सरकार ३’को छायांकनमा व्यस्त छन् । आउँदो बर्षको फ्रेवुअरीमा उनी चलचित्र ‘ठग’को छायांकनमा व्यस्त हुनेछन् । यो बाहेक उनलाई ‘कौन बनेगा करोडपति र आज कि रात जिन्दगी’ जस्ता चर्चित टीभी शो पनि गर्नुपर्नेछ । सुजित सरकार र सुजाँय घोषको चलचित्रका लागि पनि कुराकानी भैरहेको छ ।

ऐश्वर्याले भने विगत ६ महिना यता कुनै पनि चलचित्र साइन गरेकी छैनन् । अभिषेकको हातमा त अफर नै छैन । लगातार २ चलचित्र असफल भएपछि ऐश्वर्यालाई लिएर चलचित्र बनाउन मेकरहरु डराएका छन् । अमिताभ भने ‘पीकु, पींक’ जस्ता चलचित्रको सफलताको स्वाद चाखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment