Comments Add Comment

गाडीको ठक्करबाट दारेचोकमा एकको ज्यान गयो

accident-prithvi-highway५ कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तरगत चितवनको दारेचोक-९ फिस्लिङमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौं तर्फ जाँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा बा ७८ प ४६ ८५ नम्बरको मोटरसाइकलमा सवार धादिङ जोगिमाराका पदम चेपाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अहिले पृथ्वी राजमार्ग अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment