Comments Add Comment

स्मार्टफोन धेरै तात्यो ? यसरी गर्नुस् उपचार

 

smartphone

स्मार्टफोनको प्रयोग केवल टेलिफोन सम्बादमा मात्र सिमित छैन् । स्मार्टफोन बहुउपयोगी डिभाइस भएको जसलाई हामी इन्टरनेट चलाउन, गेम खेल्न, तस्वीर तथा भिडियो खिच्न, आवाज रेकर्ड गर्न पनि प्रयोग गर्दछौं ।

बिभिन्न प्रयोजनमा दिनमा हामी घण्टौं स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं । उपभोक्ताका यही आबश्यकतालाई दिँदै स्मार्टफोन उत्पादकहरुले अहिले ठूलो-ठूलो क्षमतायुक्त स्मार्टफोन बनाइरहेका छन् । त्यतिले पनि नपुगे ब्याट्री ब्याकअपको विकल्प छँदैछ ।

तर, यसरी घण्टौं स्मार्टफोन चलाउँदा फोन अत्यधिक तात्ने र काम नगर्ने समस्या देखिनु सामान्य जस्तै भएको छ । आइफोन, सामसुङ ग्यालेक्सी, सोनी जस्ता नामुद कम्पनीले उत्पादन गरेका स्मार्टफोनहरुमा अत्यधिक तात्ने समस्या देखिन्छ ।

यसरी फोन तात्नु सामान्य समस्या भने पक्कै हैन् । फोन धेरै तात्यो भने ब्याट्रीमा क्षति पुग्न सक्छ, कुनैकुनै स्मार्टफोन त बिष्फोट पनि हुनसक्छन् ।

स्मार्टफोन तात्नुका कारणहरु के के हुन सक्लान ? के कारणले फोन तात्ने समस्या आउँछ र यसका समाधानका उपायहरु के हुन सक्छन् ? आउनुहोस् हामी केही प्रारम्भिक चरणका समाधानका उपायबारे जानकारी दिँदैछौं ।

स्मार्टफोन किन तात्छ ?

यसको उत्तर सामान्य छ । भौतिक बिज्ञानलाई आधार मान्दा चलायमान हुँदा ताप उत्पन्न हुन्छ । हाम्रो स्मार्टफोनले पनि भौतिक रुपमा काम गरिरहेको हुन्छ र यसले निश्चय नै ताप उत्पन्न गर्छ ।

तपाईंको स्मार्टफोनले उत्पन्न गर्ने तापको मात्रा त्यसले खर्च गर्ने बिजुलीको मात्रासँग अनुपातिक हुन्छ । यदि तपाईंले स्मार्टफोनमा गेम खेलिरहनु भएको छ भने यसका लागि सेन्ट्रल र ग्राफिक्स प्रोसेसिङ युनिटको सक्रियता आवश्यक हुन्छ । दुवै केन्द्रीय चिप्समा (एसओसी) सम्बन्धित हुन्छन् । त्यसले ताप पैदा गर्छ । स्वभाविक रुपमा कार्यसञ्चालन गर्न यसलाई धेरै शक्तिको आवश्यक पर्छ ।

तपाईंको फोन हल्का तातो हुँदा आत्तिनुपर्ने केहि छैन, तिनीहरुको कार्यसञ्चालन नै त्यसैगरी डिनाइन् गरिएको हुन्छ । तर, अस्वाभाविक रुपमा बढी तातो भएभने चाहीँ त्यो चिन्ताको कारण बन्नसक्छ ।

सामान्यतः स्मार्टफोनको केन्द्रीय कार्यप्रणाली (एसओसी) अनुकुलित ढंगबाट तयार गरिएको हुन्छ र बढी तात्ने समस्या यसमा निक्कै कम हुन्छ । यो प्रणालीको निर्माण उच्च तापक्रमलाई सम्हाल्नसक्ने बनाइएको हुन्छ ।

जव तपाईंको डिभाइसले सम्भावित हानिकारक तापक्रम पैदा गर्छ तव प्रोसेशरको गति कम हुन्छ । तपाईंको डिभाइस ढिलो चल्यो वा हृयाङ हुन थाल्यो भने सम्झनुस् उच्च तापक्रमको समस्या फोनमा देखियो । निक्कै तातेको अवस्थामा डिभाइसमा यस्तो सन्देश देखिन्छ, ‘जवसम्म डिभाइस चिसो हुँदैन तवसम्म फोन नचलाउनुुुस् ।’

स्मार्टफोन तात्दा के के नोक्सानी हुन्छ ?

ब्याट्री तापमा निक्कै संवेदनशील हुन्छ । ३० डिग्री सेन्टिग्रेटभन्दा बढी तापक्रममा लिथियम आयोन ब्याट्रीले नकारात्मक काम गर्न थाल्छ । र, हरेक पटक चार्च गर्दा यसमा तापक्रम बढ्छ र नकारात्मक काम गर्न सुरु हुन्छ ।

battery

जव कार्यप्रणाली चिप्समा तापक्रम बढ्छ तव प्रोसेसरको गति ढिला हुन्छ । तापक्रमकै कारण कहिलेकाहीँ यसले नकारात्मक काम गर्छ । यदि लामो समयसम्म उच्च तातो भइरहृयो भने यो चिपमा भौतिक क्षति पुग्छ । यसले ब्याट्रीमा पनि क्षति पुग्न सक्छ । तर एसओसी भन्दा ब्याट्री केहि सुरक्षित हुनेछ ।

यसरी चिसो बनाउनुस्

स्मार्टफोन तातेर समस्या आएको छ भने यसको समाधान पनि छ । स्मार्टफोनमा पछिल्ला अत्याधुनिक संस्करणहरुमा प्रोसेसिङ पावर बढाइएको हुन्छ भने छिटो चार्च हुने ठूला ब्याट्रीको प्रयोग गरिएको हुन्छ ।

यति हुँदाहुँदैपनि अक्सर प्रयोगकर्ताहरुले फोनका केहि सुविधा प्रयोग गर्दा तात्ने समस्या देखिन्छ । संभवतः चार्च गर्दा, गेम खेल्दा तथा ठूला एपहरु प्रयोग गर्दा यो समस्या आउने गरेको हुन्छ ।

तर पनि धेरै केसहरुमा उच्च तापक्रमको समस्या फोनको हार्डवयेरमा देखिन्छ । यहाँ केहि टिप्सहरु दिइएका छन् जहाँ तातेको फोनलाई चिसो बनाउन सकिन्छ ।

स्मार्टफोनको कभरले गर्दा तात्ने समस्या बढी हुनसक्छ । त्यसैले फोन तातेको अवस्थामा कभर निकाल्नुभयो भने केहि हदसम्म तात्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

स्मार्टफोन चार्च गर्दा कडा स्थानमा राख्नुहोस न कि बेड वा सोफा । यिनीहरुले ताप उत्सर्जन गर्छन् र चार्च भएका बेला फोनको तापक्रम बढाउन यसले भूमिका खेलेको हुनसक्छ ।

हामीमध्ये धेरैले स्मारटफोन रातभरी चार्चमा राख्छौं । यसरी रातभरी चार्चमा राख्दा तपाईंको स्मार्टफोनको ब्याट्रीमात्र कमजोर हुँदैन डिभाइसमा तापक्रम पनि बढाउँछ । यस्ता मामलाहरु पनि छन् कि ब्याट्री ओभरचार्च गर्दा डिभाइस पड्किएका छन् ।

त्यस्ता केहि एपहरु छन् जसले प्रोसेसिङ पावर र ग्राफिक्समा क्षति पुर्‍याइरहेका हुन्छ । साथसाथै यसले डिभाइसको तापमान पनि बढाइरहेको हुन्छ । यस्ता एपले पृष्ठभूमीमा काम गरिरहेको हुन्छ र शक्ति क्षयीकरण गरिरहेको हुन्छ । यसले डिभाइसमा ओभरहिटिङको समस्या देखिन्छ ।

फोन डिभाइसलाई उच्चा तापक्रमबाट जोगाउनका लागि सूर्यको सिधा प्रकाशबाट जोगाउनुस् । सूर्यको सिधा प्रकाशका साथै चलिरहेको डिभाइसको तापको समिश्रणबाट उच्च तापक्रम सृजना हुन्छ ।

डिभाइसको चार्जर र ब्याट्रीभन्दा अन्य प्रयोग गरिनु पनि स्मार्टफोन तात्नुको मूख्य जिम्मेबार हुन् । ब्याट्रीमात्र होइन चार्जरपनि अर्को डिभाइसको प्रयोग गर्दा यसले अतिरिक्त ताप उत्सर्जन गर्छ ।

चिस्याउन यी एपहरु प्रयोग गर्नुहोस

स्मार्टफोनमा तापक्रम बढेपछि प्रोसेसर ढिलो हुन्छ । तापक्रम उच्च हुँदा डिभाइसभित्र रहेको कुलिङ सिस्टमले पनि काम गर्न सक्दैन ।

कहिलेकाही पृष्ठभूमीमा काम गरिरहेको एपका कारण स्मार्टफोनको तापक्रम कम हुन समय लाग्छ ।

तातेको स्मार्टफोन एपको प्रयोग गरेर चिस्याउन सकिन्छ । गुगल प्लेस्टोरमा स्मार्टफोनको तापक्रममा निगरानी राख्नको लागि थुप्रै एपहरु छन् । स्मार्ट थर्मोमिटर, डिभाइस थर्मोमिटर तथा सिपियु टेम्प्रेचरको प्रयोग तपाईंका लागि फाइदाजनक हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment