Comments Add Comment

‘जात्रा’ निर्देशकलाई लिएर मह संचारले चलचित्र बनाउने

hari-bansha-aacharya
चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले चलचित्र ‘जात्रा’का निर्देशक प्रदिप भट्टराइलाई नयाँ चलचित्र निर्देशनको जिम्मा दिने भएका छन् । ‘जात्रा’ चलचित्रमा समावेश पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गीत केहि दिनमा नै सार्वजनिक हुँदैछ । ‘जात्रा’ चलचित्रका निर्देशक प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, “त्यसैले उनको दक्षता र मिहिनेतप्रति हामीलाई पूर्ण विश्वास छ,” हरिवंशले मिडियासँग भने ।

हरिवंशले मह संचारका सिरियल र विज्ञापन हिट बनाउनमा प्रदिपको पनि योगदान रहेको बताए । चलचित्र ‘जात्रा’को कथावस्तुले आफ्नो मन छोएको उनको भनाई छ । यो चलचित्र कात्तिक २६ बाट देशभर रिलिज हुँदैछ ।

‘जात्रा’ प्रर्दशनपछि मह सञ्चारले निर्माण गर्ने चलचित्रको तयारीमा जुट्ने हरिवंशले जानकारी दिएका छन् । निर्देशक प्रदिप भट्टराइले पनि कथा लगभग तयार भएको भन्दै चाडै

नै फ्लोरमा जाने बताए । चलचित्रमा हरिवंश र मदनकृष्णको साथमा अहिले ख्याति कमाइरहेका कलाकारहरुसमेत रहनेछन् । हरिवंशका अनुसार अहिलेका हट र हिट नायक, नायिकालाई पनि चलचित्रमा देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment