Comments Add Comment

इस्लामिक स्टेटको ‘हेडक्वार्टर’मा निर्णायक लडाइँ सुरु

ओबामा भन्छन्- यो लडाइँ कठिन छ, तर हामी जित्छौं

mosul-war

५ कात्तिक, काठमाडौं । इराकको राजधानी बगदादपछिको दोस्रो ठूलो शहर मोसुल तीन वर्षदेखि इस्लामिक स्टेट (आइएस) को नियन्त्रण छ । सोमबारदेखि सो शहरलाई फिर्ता लिने प्रयासस्वरुप इराकी-अमेरिकी गठबन्धन सेनाले निर्णायक लडाइँ सुरु गरेको पाँच दिन पूरा भएको छ ।

मोसुल शहर आइएसले सन् २०१४ मा आफ्नो कब्जामा लिएको थियो । एकाध हजार आइएस लडाकूले ७५ हजार सरकारी सेनालाई हराएर मोसुल आफ्नो नियन्त्रणमा लिएका थिए । मोसुलको सेन्ट्रल बैंकको ५० विलियन डलर लुटेका आइएस लडाकूहरु विश्वकै सबैभन्दा धनी आतंकवादी मानिन्छन् । अहिलेसम्म यो शहर आइएसकै नियन्त्रणमा रहँदै आएको छ ।

bagdadi
अाइएस कमाण्डर बगदादी

आइएसले मोसुललाई आफ्नो राजधानी बताउँदै आएको छ । आइएसका प्रमुख बकर अल बगदादी पनि त्यहीँ लुकेर बसेको आशंका गरिँदै आएको छ ।

अमेरिकी आक्रमणपछि पराजित भएको सद्दाम हुसेनका सेनाका सेनापतिहरुले आइएसको पुगर्नगठन गरेका हुन् । र, उनीहरुले सिरियाको समेत केही भाग आफ्नो नियन्त्रणमा लिएको अवस्था छ ।

आइएस कमाण्डर बगदादीले मोसुललाई राजधानी घोषणा गरेका हुन् । सिरिया र मोसुलको दुरी १ सय माइल छ । मोसुल त्यो शहर हो, जहाँ सन् २००३ मा सद्दाम हुसैनका दुई छोराहरु भिडन्तमा मारिएका थिए ।

तथ्यांक अनुसार सिरिया इराकको संयुक्त भूभागमा र आइएसको नियन्त्रण क्षेत्रमा करिब एक करोड मानिसहरुको बसोबास छ । आइएसले आफ्नो नियन्त्रणमा लिने क्रममा सन् २०१४ मा मोसुलबाट करिब ३२ लाख मानिस विस्थापित भएको अनुमान छ । हाल मोसुल सहरमा १० लाख मानिसको बसोबास रहेको अनुमान गरिएको छ ।

यसरी हुँदैछ आक्रमण

सिरियामा आइएसविरुद्ध जुधिरहेको पश्चिमी गठबन्धन सेनाले त्यहाँको लडाइँमा जीत हात पार्नका लागि मोसुललाई फिर्ता लिनुपर्ने निश्कर्षसहित सोमबारदेखि आक्रमण थालेको छ ।

mosul-attack-1

मोसुललाई आइएसआईको कब्जाबाट फुत्काउन अमेरिका-इराक गठबन्धन सेनाले थालेको यो कारवाहीलाई कुर्दिस विद्रोहीहरुले पनि साथ दिएका छन् । अमेरिकी सेनाले मोसुलमा हवाइ आक्रमण गरिरहेका छन् भने इराकी सेना र कुर्दिस विद्रोहीले स्थल आक्रमण थालेका छन् ।

इराकी सरकारका अनुसार इराकी सेना दक्षिण र पूर्वबाट मोसुलतर्फ अघि बढेका छन् भने कुर्दिस लडाकूहरु उत्तर र पूर्वबाट अघि बढिरहेका छन् ।अमेरिका र बेलायतका ३० हजार विशेष सैनिक दस्ता मोसुलका लागि खटिएका छन् । अमेरिकी सेनाले हवाइ हमलामार्फत साथ दिइरहेको छ ।

मोसुलभन्दा उत्तरतर्फको भूभाग कुर्दिसहरुको नियन्त्रण छ । र, कुर्दिसको नियन्त्रण-रेखा पनि आएइसको जस्तै इराक र सिरिया दुबै देशमा फैलिएको छ ।

हेर्नुहोस् नक्शा

iraq_syria_map

इराकी सेनाको दाबी अनुसार साेमबार यता आइएस लडाकूहरु रक्षात्मक अवस्थामा पुगेका छन् । उनीहरुले केही आत्मघाती बम हमलाकारहरुलाई छाडेका छन् । उनीहरु मोसुलवासीलाई मानव ढाल बनाएर लडिरहेको र भागिरहेको पश्चिमा मिडियाको दाबी छ ।

अमेरिकी राष्ट्रपति ओबामाले भनेका छन्- मलाई भरोसा छ कि हामी सफल हुनेछौं, तर यो लडाइँ कठिन छ

अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइट हाउसमा इटलीका प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा मोसुल आक्रमणबारे भनेका छन्- ‘मलाई भरोसा छ कि हामी सफल हुनेछौं । तर, यो लडाइँ कठिन छ । इराकीहरु लडिरहेका छन् । उनीहरु प्रभावशाली तरिकाबाट र धेरै बहादुरीपूर्वक लडिरहेका छन् ।’

इराकी-अमेरिकी सेनाको आक्रमणको जवाफमा आइएसले लडाकूले शुक्रबार उत्तरी इराकको किरकुक शहरमा अवस्थित पावर हाउसमा हमला गरेका छन् । सो हमलामा आइएसका लडाकूले सरकारी अधिकारी र इञ्जिनियरसहित १६ व्यक्तिको हत्या गरिदिएका छन् । उनीहरुले पावर हाउससमेत ध्वस्त भएको छ ।

mosul-attack

इसालमिक अतिवादीको मुख्य केन्द्र रहेको र तीन वर्षसम्म सरकारले फिर्ता लिन नसकेको मोसुल शहर यो आक्रमणका क्रममा इराकी सरकारले फिर्ता लिन सक्ला ? यो निकै गम्भीर प्रश्न छ ।

गठबन्धन सेनाले मोसुलबाट आइएसलाई धपायो भने त्यसले सिरियाको लडाइँमा पनि पश्चिमी गठबन्धन सेनालाई ठूलो सफलता हात पर्न सक्छ

तर, के कुरा निश्चित छ भने इराकी-अमेरिकी गठबन्धन सेनाले मोसुलबाट आइएसलाई धपायो भने त्यसले सिरियाको लडाइँमा पनि पश्चिमी गठबन्धन सेनालाई ठूलो सफलता हात पर्न सक्छ । र, यो नतिजाले एलामिक स्टेटको पराजयको सिलसिला सुरु हुनेछ ।

तर, यो लडाइमा आइएसले आफूलाई जोगायो भने इस्लामिक आतंकवाद फेरि पनि चुनौतिका रुपमा यथावत रहने छ । र, बगदादको सत्ता थप कमजोर बन्ने खतरा उत्पन्न हुनेछ । साथै सिरियामा पश्चिमी सेनाको मनोवल कमजोर बन्ने छ ।

त्यसैले अबका केही दिनभित्र मोसुलको यो भीषण युद्ध विश्व राजनीतिको रंगमञ्चमा निकै ठूलो चासो र महत्वको विषय बन्ने देखिन्छ ।

mosul-attack-2

मोसुलको सडकमा टायर बालेर आइएस लडाकूले अमेरिकी हवाइ हमलालाई प्रतिरोध गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले स्थलगत आक्रमणको प्रतिकारका लागि बरतेला शहरको चारैतिर सैनिक तैनाथ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment